१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीले भत्ताको रकम कोषमा जम्मा गर्ने

२७ बैशाख २०७५, बिहीबार १५:०२

वैशाख २७, सुर्खेत | कर्णाली प्रदेशमा हुने कार्यक्रममा सहभागीह हुनेहरुलाई दिइने भत्ता वापतको रकम कोषमा जम्मा गर्ने उद्घोष कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । प्रदेशको विकास गर्न र पीडामा परेका कर्णालीवासीले राहत पुर्याउन आफूले यो अभियान थालेको शाहीले बताएका हुन् ।

‘मलाई सरकार तथा गैरसरकारी संस्थाहरुले कार्यक्रममा सहभागि हुनेलाई भत्ता दिने कार्य मन परेको छैन’ उनले भने, ‘उक्त रकम सरकारी कोषमा जम्मा गर्न सके प्राकृतिक तथा अप्राकृतिक घटनाबाट पीडित जनताले राहत पाउन सक्छन् ।’ मुख्यमन्त्री शाहीले यसबारेमा आफूले थप छलफल गर्ने बताए । हजार रुपैंया भत्ता बुझेर केही हुँदैन’ उनले भने, ‘तर ५० र १०० जनाले भत्तावापत पाउने रकम कोषमा जम्मा गर्न सके ठूलो रकमको हामी जोहो गर्न सक्छौं ।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भूकम्प, आगलागी, बाढीपहिरोजस्ता जोखिममा रहेको बताए । ‘हाम्रो प्रदेश भौगोलिक विकटतामा छ ।’ उनले थपे, ‘कुनैपनि बेला प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति पुर्याउन सक्छ ।’ उनले प्रदेश सरकारले केहि दिन पहिलेमात्रै मुगुमा आगलागी भएको र ती पिडितहरुलाई अलिकति भएपनि राहत दिन सकिएको स्मरण गरे । ‘हामीसँग यस्तो रकम भएको भए सोही दिन हामीले राहत दिन सक्थ्यौं ।’ उनले भने, ‘अब यस्ता कुरालाइ ख्याल गर्दै सरकार अघि बढ्छ र प्रदेशलाई विकसित बनाउने योजनामा लम्किन्छ ।’

मुख्यमन्त्री शाहीले केन्द्र सरकारसँग कर्णालीको विकासकालागि ठूला आयोजनामा लगानी गर्न आग्रह गरेको बताए । ‘बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई कर्णालीको समग्र विकासकालागि केही आयोजना बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छौं ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सकारात्मक जवाफ दिनुभएको छ । उहाँले राराबाटै कर्णालीलाई समृद्ध बनाउने घोषणा पनि गर्नुभएको छ ।’ मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, केन्द्र सरकारसँग कर्णालीको विकासका लागि पर्याप्त बजेटको व्यवस्थापन गर्न माग गर्दै काठमाडौं पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै