२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रदेश ५ का मुख्यमन्त्रीद्वारा जलाशयको अवलोकन

२०७५, २८ बैशाख शुक्रबार १०:२१

वैशाख २८ दाङ | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेको जलाशयहरुको अवलोकन गर्नुभएको छ । 

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सिमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयको मुख्यमन्त्रीलाई अवलोकन गराउनुभएको हो । 

घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाको गँगटे, वडा नं १७ को ढिकपुर र आरोग्य जलाशयको मुख्यमन्त्री पोखरेलले अवलोकन गर्नुभएको हो । 

अवलोकन गर्दै मुख्यमन्त्री पोखरेलले पानीको स्रोत बढाउने र किसानलाई फाइदा पुग्ने खालका जलाशय निर्माणले दीर्घकालीन फाइदा पुर्याउने बताउनुभयो । जलाशयलाई सुरक्षित बनाउँदै अधिकतम लाभ लिन उपमहानगर र स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । 

जलाशय आसपासमा किसानले मकै र तरकारीखेती गरेर राम्रो आम्दानी गर्न समेत सफल भएका छन् । जलाशयलाई स्थानीयवासीले नै संरक्षण गर्नुपर्ने भन्दै अधिकतम लाभ लिनसमेत सुझाव दिनुभयो । 

जलाशयमा माछापालन र पानीबाट सिँचाइमा विशेष ध्यान दिँदै आयस्रोत बढाउने गरी प्रयोगमा ल्याउन मुख्यमन्त्री पोखरेलले आग्रह गर्नुभयो । 

मुख्यमन्त्री पोखरेलले घोराही १७ गुलरियामा निर्माणाधीन खेल मैदानको समेत अवलोकन गर्नुभएको छ । प्रदेशस्तरको रंगशाला बनाउने गरि आफूहरुले काम गर्ने समेत मुख्यमन्त्री पोखरेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन