१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवको बन्दले विभिन्न ठाउँ प्रभावित, कतै आगजनी त बम विस्फोट (बिवरणसहित)

३० बैशाख २०७५, आईतवार ०७:२३

बैशाख ३०, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ ।

यातायात ठप्प हुँदा आफ्नो गन्तव्यमा जाने यात्रु समस्यामा परेका छन् । काठमाडौं उपत्यकामा भने बन्दको असर खासै देखिएको छैन । सरकारले राष्ट्रघात र जनताको स्वाभिमानमाथि घात गरेको भन्दै प्रतिरोधस्वरुप नेकपाले बन्द आह्वान गरेको हो ।


वीरगन्जमा आगजनी

नेकपाका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् ।

आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।

धादिङमा आगजनी

धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी ६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । विप्लव नेतृत्वको नेपाल कम्याुनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन । बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए ।

आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । गाडी सडक छेउमा राकेर राखिएको थियो । प्रहरीका अनुसार गाडी चालक र गाडी अन्य सदस्य गाडी रोकेर बास बसिरहेका थिए ।

भाटभटेनी सुपरमार्केटमा बम विष्फोट

चितवनको नारायणगढबजार नजिकै भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भवनको अघिल्लो भागका सिसा फुटेका छन् ।

बिहान ४ बजे मोटरसाइकलमा पुगेका दुईजना यूवाले ग्रिनेट विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले घटनाका अनुसन्धान भइरहेको जानकारी दिए ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पाटीर्का कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

त्यस्तै आइतबार बिहान चितवनको लोथरमा पनि वम विस्फोट भएको छ । पुर्वपश्चिम राजमार्गमा बिहानै सुतली बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बुटवल-भैरहवा सडकमा शंकास्पद बस्तु भेटियो

रूपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ । तिलोत्तमा नयाँमिल चोकमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।

बम भएको आशंकामा स्थानीयबासी त्रसित छन् । बम डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।

शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठराघातको प्रतिरोध गर्न अनिवार्य रहेकाले नेपाल बन्दको घोषणा गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै