१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश १ को स्थायी राजधानी र नामाकरण जेठ भित्र

३० बैशाख २०७५, आईतवार १३:४०

वैशाख ३०, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी जेठ महिनाभित्रै सहमतिमै कायम हुने बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ प्रदेश नं १ निर्वाचन समितिद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उहाँ सो कुरा बताउनुभएको हो । 

मुख्यमन्त्री राईले अनलाइन र सामाजिक सञ्जाललाई व्यवस्थित गर्न महासंघको भूमिका आवश्यक रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै पनि किसिमको अंकुश नलगाउने कुरामा जोड दिनुभयो । 

उहाँले समाजलाई नकारात्मक असर पर्ने कुनै पनि किसिमको प्रायोजित समाचार वा सूचना सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्दै सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक दिलाउन आफ्नो भूमिका सकारात्मक रहने बताउनुभयो । 

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य केदार कार्की र जयराम यादवले समाजको ऐनाका रुपमा काम गर्ने सञ्चारकर्मी लोभ र लालचमा पर्न नहुने बताउनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक एवं मर्यादित पत्रकारिता आजको आवश्यकता भएकाले यसमा सञ्चारकर्मीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

महासंघका महासचिव रमेश विष्टले सञ्चारकर्मीले जहिले पनि सत्य, तथ्य समाचार सम्प्रेषण गर्नमा क्रियाशील रहनुपर्ने र यही आधारभूत आधारबाट आचारसंहिता कायम रहने उल्लेख गर्नुभयो । 

यही वैशाख २२ गते सम्पन्न निर्वाचनमा महासंघका प्रदेश नं १ अध्यक्ष विक्रम लुईंटेल, उपाध्यक्ष सोमनाथ सुसेली र स्मीता निरौला, महासचिव विवेक गौतम, सचिवद्वय हरिकृष्ण राई र बुद्धवीर राई, कोषाध्यक्ष अम्बिका भण्डारीलगायत २१ पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गराइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै