१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो क्षेत्रको एउटा वडामा १२०० क्रियाशील सदस्य, तर भोट २०० खस्छ’

३० बैशाख २०७५, आईतवार १३:४९

वैशाख ३०, चितवन | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । 

नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “अब के यसरी पार्टी चल्न सक्छ ?” क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने उहाँको भनाइ थियो । 

अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उहाँले भन्नुभयो, “अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र त्यसको तयारी भइरहेको छ ।” पार्टीले क्रियाशील सदस्यहरुको जानकारी राख्ने र उनीहरुको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उहाँले बताउनुभयो । 

अबको समयमा काँग्रेसमा एकता हुनु जरुरी रहेको महामन्त्री कोइरालाको भनाइ थियो । काँग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने बताउँदै उहाँले काँग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङलगाएतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न विद्यालयका प्रध्यानाध्यापक, दीर्घसेवी शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी