२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो क्षेत्रको एउटा वडामा १२०० क्रियाशील सदस्य, तर भोट २०० खस्छ’

२०७५, ३० बैशाख आईतवार १३:४९

वैशाख ३०, चितवन | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । 

नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “अब के यसरी पार्टी चल्न सक्छ ?” क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने उहाँको भनाइ थियो । 

अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उहाँले भन्नुभयो, “अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र त्यसको तयारी भइरहेको छ ।” पार्टीले क्रियाशील सदस्यहरुको जानकारी राख्ने र उनीहरुको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उहाँले बताउनुभयो । 

अबको समयमा काँग्रेसमा एकता हुनु जरुरी रहेको महामन्त्री कोइरालाको भनाइ थियो । काँग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने बताउँदै उहाँले काँग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङलगाएतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न विद्यालयका प्रध्यानाध्यापक, दीर्घसेवी शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन