१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमलाई गगनको प्रश्न :- तपाईको तामझाम हेर्दै गर्दा मैले महालम्पसरवादी भन्न पाउने कि नपाउने ?

३१ बैशाख २०७५, सोमबार ०९:४९

वैशाख ३१ काठमाडौँ । नेपाली काँग्रेसका चर्चित युवा नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले देखाएको व्यवहार प्रति गम्भिर प्रश्न उठाएका छन् ।

व्यवस्थापिका संसद बैठकमा बोल्दै नेता थापाले हिजो अरुलाई लम्पसारवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ‘महालम्पसारवादी’ बनेको आरोप समेत लगाएका छन् ।

थापाले भने:- हिजो दुई प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्न जाँदा सिंगडा बेच्न गएको भनियो, घुँडा टेक्न गएको भनियो, आफूले गर्दा पुण्य अरुले गर्दा पाप ?’

हिजो भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा एमाले अध्यक्ष रहेका ओलीले ‘भ्रमण ठीक छ तर ताम झाम हेर्दा लम्पसारवादी भन्न मन लागेको’ उहाले तेही प्रसंग उल्लेख गर्दै थापाले भने, यो मेरो परिभाषा होइन वहाँकै परिभाषमा वहाँको तामझाम हेर्दै गर्दा मैले महालम्पसरवादी भन्न पाउने कि नपाउने ?’

‘हिजो अरुलाई लम्पसार पर्दा घुँडामा घाउ भयो कि भएन भन्ने प्रधानमन्त्रीलाई भारतको जिम्मा लिएर अब भारतले नाकाबन्दी गर्दैन भन्दै गर्दा तपाईंको घुँडामा भ्वाङ पर्यो कि परेन सोध्न पाउने कि नपाउने ?,’ थापाले प्रश्न गरे ।

उनले सुशील कोइरालालाई लम्पसरवादी भन्नेले नेपालभित्र भारतीय सेना किन आयो भनेर जवाफ दिनुपर्ने बताए ।

‘सत्तासिन पार्टीका माननीय भन्दै हुनुहुन्छ सरकारले सुरक्षा दिन सकेन,’ उनको प्रश्न थियो, ‘कतै कालापानी दोहोराउन खोजिएको त होइन ?’

उनले प्रधानमन्त्रीमा निर्वाचित हुँदा गर्जिएका प्रधानमन्त्री हिजो शब्द खोज्दै गरेको प्रधानमन्त्री रुपमा पाएको जिकिर गरे । 

‘मलाई अचम्म लागेन किनभने गर्जन बाँदल बर्सदैन,’ उनले भने ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको भनाई आपत्तिजनक रहेको बताउँदै नेपालको विदेश नीति प्रदेशले होइन केन्द्रले निर्धारण गर्ने जिकिर गरे । परराष्ट्रमन्त्रीले यसविषयमा कदम चाल्नुपर्ने बताए ।

त्यस्तै, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको विरोध गर्नेहरुमाथि सरकारले गरेको दमनको पनि उनले विरोध गरे । ‘हिजो एमाले कार्यकर्ता भारतीय दुतावसअघि नाकाबन्दीको विरोध गर्न पाउने तर, पार्टी कार्यालयको अगाडि ब्यानर राख्न नपाउने ? शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? हिजो वहाँ अरुलाई कुरीकुरी गर्नु हुन्थ्यो, आज नाङ्गो हुनुभयो ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन