१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को राजधानीका लागि ३ वटा जिल्लामा सम्भाव्यता अध्ययन शुरु

३१ बैशाख २०७५, सोमबार १०:३७

वैशाख ३१ काठमाडौँ | प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । 

काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ । 

राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी हुनुपर्ने प्रस्ताव आएकाले तीनवटै जिल्लाका शहरमा संभाब्यता अध्ययन शुरु गरिएको हो । 

मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीनवटै तहलाई अधिकार सम्पन्न्न बनाउन स्थानीय तहदेखि नै विभिन्न दलका नेताले समन्वय गरिरहेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो । देशमा प्रादेशिक तह गठन भएपछि विभिन्न प्रदेशले आ–आफ्नो प्रदेशको राजधानी तोक्ने तथा राजधानीको सम्भाव्यता अध्ययनका लागि विशेष समिति गठन गरिरहेका छन् । 

यस प्रदेशमा पर्ने विभिन्न १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सम्भबना अध्ययनका लागि यही वैशाख १४ गते समिति गठन गरिएको थियो । 

हालको अस्थायी मुकाम मकवानपुरस्थित हेटौँडालाई नै राजधानी बनाउन त्यहाँका स्थानीयवासीले पहल गरिरहेका छन् । 

विभिन्न दलबाट प्रतिनिधित्व गर्ने नेताहरुले छलफल गरी करीब डेढ महिनाको समयावधिमा ल्याउने परिणामलाई समितिले प्रदेशसभामा पठाउने छ । सर्वसम्मत भएमा उक्त सभाले त्यसलाई अनुमोदन गर्ने तर विवाद भएमा दुई तिहाइ बहुमतबाट निर्णय लिइनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन