१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ को बजेट अधिवेशन शुरु

३१ बैशाख २०७५, सोमबार १०:४७

वैशाख ३१ रुपन्देही | प्रदेश नं ५ को बजेट अधिवेशन आजदेखि शुरु भएको छ । 

प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिनुभयो । 

मुख्यमन्त्री पोखरेलले प्राथमिकताका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने जानकारी दिँदै पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो । 

उहाँले भौतिक पूर्वाधारको विकास तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको उत्थानका लागि समुचित बजेट विनियोजन गरिनेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले प्राथमिकता भएको बताउनुभयो । 

मुख्यमन्त्री पोखरेलले समावेशीताको सिद्धान्तअनुसार बजेट निर्माण गर्ने जानकारी दिँदै २०७५ साउन १ देखि प्रदेश सरकारले राजश्व संकलन गर्ने गरी आधार तयार गर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सडक, पुल, नहर र खानेपानीमा जनताको पहुँच पुर्याउन नयाँ बजेटको प्राथमिकता निर्धारण हुनेछ ।” 

कृषि क्षेत्रको विकास समुचित उत्थान, पर्यटन र उद्योग क्षेत्रको विकास र पूर्वाधारका लगानी क्षेत्रमा सरकारले बजेटलाई केन्द्रित गर्ने जानकारी दिँदै उहाँले अव्यवस्थित बसोबासको समस्या निराकरण र वर्षामा हुने बाढी पहिरो नियन्त्रणका लागिसमेत सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभयो । 

मुख्यमन्त्री पोखरेलले स्थानीय तहसँग सहकार्य गरेरै प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारको नयाँ बजेट चुहावट नियन्त्रणतर्फ केन्द्रित हुने र साना र मसिना आयोजनामा बजेट खर्च नगर्ने बताउनुभयो । 

त्यस्तै मुख्यमन्त्री पोखरेलले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित विधायन समितिको प्रतिवेदन पुनः विधायन समितिमै फिर्ता पठाउन राख्नुभएको प्रस्ताव सदनले अनुमोदन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन