२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेशलाई जुवातास र लागुऔषधमुक्त बनाउछु: कानूनमन्त्री भण्डारी

२०७५, ३१ बैशाख सोमबार ११:२३

वैशाख ३१ सुर्खेत | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागुऔषध दुव्र्यसनी र जुवातासमुक्त प्रदेश बनाउने उद्घोष गर्नुभएको छ । 

आज गृह जिल्ला जुम्ला पुग्नुभएका उहाँले पत्रकारहरुसँगको भेटघाटमा यो प्रदेशलाई लागुऔषध दुव्र्यसनी र जुवातासमा मुक्त बनाउनुका साथै स्थानीय मदिरा न्यूनीकरणका लागि प्रदेश मातहतका निकायलाई निर्देशनसमेत दिइसकिएको बताउनुभयो । 

“लागुऔषधको प्रयोगले युवा समाज बर्बाद हुँदा मुलुकको विकासमा नकारात्मक प्रभाव परेको र जुवातासले हाम्रो सभ्यतामाथि आक्रमण गरेको छ । त्यसको पूर्ण समाप्तिका लागि प्रदेश सरकारले निराकरणका गतिविधि थालेको छ”, मन्त्री भण्डारीले भन्नुभयो । 

घरेलु मदिराको जथाभावी बिक्री वितरण तथा सेवनले घरेलु हिंसाका साथै आपराधिक गतिविधि बढेकाले पनि यसको नियन्त्रण अभियान थालिएको उहाँले बताउनुभयो । 

जुम्ला प्रशासन र प्रहरीले जुवातास तथा लागुऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “ग्रामीण कुनाकाप्चामा व्यापक बन्दै गएको मदिरा नियन्त्रणमा गाउँस्तरबाटै सामाजिक सहयोग आवश्यक छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन