२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेशलाई जुवातास र लागुऔषधमुक्त बनाउछु: कानूनमन्त्री भण्डारी

३१ बैशाख २०७५, सोमबार ११:२३

वैशाख ३१ सुर्खेत | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागुऔषध दुव्र्यसनी र जुवातासमुक्त प्रदेश बनाउने उद्घोष गर्नुभएको छ । 

आज गृह जिल्ला जुम्ला पुग्नुभएका उहाँले पत्रकारहरुसँगको भेटघाटमा यो प्रदेशलाई लागुऔषध दुव्र्यसनी र जुवातासमा मुक्त बनाउनुका साथै स्थानीय मदिरा न्यूनीकरणका लागि प्रदेश मातहतका निकायलाई निर्देशनसमेत दिइसकिएको बताउनुभयो । 

“लागुऔषधको प्रयोगले युवा समाज बर्बाद हुँदा मुलुकको विकासमा नकारात्मक प्रभाव परेको र जुवातासले हाम्रो सभ्यतामाथि आक्रमण गरेको छ । त्यसको पूर्ण समाप्तिका लागि प्रदेश सरकारले निराकरणका गतिविधि थालेको छ”, मन्त्री भण्डारीले भन्नुभयो । 

घरेलु मदिराको जथाभावी बिक्री वितरण तथा सेवनले घरेलु हिंसाका साथै आपराधिक गतिविधि बढेकाले पनि यसको नियन्त्रण अभियान थालिएको उहाँले बताउनुभयो । 

जुम्ला प्रशासन र प्रहरीले जुवातास तथा लागुऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “ग्रामीण कुनाकाप्चामा व्यापक बन्दै गएको मदिरा नियन्त्रणमा गाउँस्तरबाटै सामाजिक सहयोग आवश्यक छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य