२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

२०७५, २ जेष्ठ बुधबार ०६:४७

जेठ २ भीमदत्तनगर | प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभएको छ । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन पहल गर्नुपर्दछ ।” 

पूर्ववाणिज्य तथा आपू्र्तिमन्त्रीसमेत रहनुभएका नेता भट्टले अन्तर्राष्ट्रिय मागअनुसार वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिँदै आफू मन्त्री भएका बेलामा नै दोधारा चाँदनीमा सुख्खाबन्दरगाह निर्माणको थालनी गरेको बताउनुभयो । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुदूरपश्चिममा केन्द्रले विभिन्न सीपमूलक कार्यक्रम तथा प्रशिक्षण चलाइरहेको बताउनुभयो । 

“व्यापार घाटा रु आठ अर्ब नाघिसक्यो,” उहाँले भन्नुभयो, “व्यापार घाटालाई कम गर्न निकासीकर्तालाईसमेत दक्ष बनाउन आवश्यक छ ।” 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले प्रदेश नम्बर ७ मा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यालय स्थापना गर्नुपर्ने माग गर्नुभयो । 

तालीममा निर्यात व्यापारमा संलग्न प्रदेश नं ७ का २० जना व्यावसायी सहभागी छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन