२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र माओवादी केन्द्र बीच एकतासँगै सपथ ग्रहण, यस्तो छ- महत्वपूर्ण १० सहमति

२०७५, ३ जेष्ठ बिहीबार ११:१९

जेठ ३, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । अब दुवै दल नेपाल कम्युनिस्ट पार्टी नामबाट चिनिने छन् ।

एकतासँगै पहिलो बैठकले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । एकताको लागि अनुमदनसँगै एकता भईसकेको एकीकृत पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकमा सबै नेताहरुले एकसाथ सपथ लिएका हुन् । 

बैठकलगत्तै केहीबेरमा निर्वाचन आयोगलाई औपचारिक रुपमा पार्टी एकताको जानकारी गराउन नेताहरु जानेछन् । जसको लागि सुवास नेम्बाङ र देव गुरुङलाई जिम्मेवारी दिईएको छ ।

अब पार्टीका नेताहरुले राष्ट्रिय सभागृहमा गएर भाषण गर्नेछन ।  जसको लागि मञ्च तम्तयार भइसकेको छ । 


महत्वपूर्ण ९ सहमति यस्ता छन्: 

१. एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने । 

२. दुई अध्यक्षात्मक प्रणाली अपनाइने । 

३. दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली हुने 

४. नौ सदस्यीय सचिवालय रहने, जसमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने र त्यसपछि नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहने 

५. पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठ र पार्टीको महासचिव विष्णु पौडेल हुने ।

६. ९ सदस्सीय सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने ।

७. केन्द्रीय समिति ४४१ (एमाले २४१, माओवादी: २००) र स्थायी समिति ४५ सदस्यीय (माओवादीबाट १९ र एमालेबाट २६ जना) हुने ।

८. मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने । 

९. एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने । 

१०. एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन