१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र माओवादी केन्द्र बीच एकतासँगै सपथ ग्रहण, यस्तो छ- महत्वपूर्ण १० सहमति

३ जेष्ठ २०७५, बिहीबार ११:१९

जेठ ३, काठमाडौँ | नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । अब दुवै दल नेपाल कम्युनिस्ट पार्टी नामबाट चिनिने छन् ।

एकतासँगै पहिलो बैठकले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । एकताको लागि अनुमदनसँगै एकता भईसकेको एकीकृत पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकमा सबै नेताहरुले एकसाथ सपथ लिएका हुन् । 

बैठकलगत्तै केहीबेरमा निर्वाचन आयोगलाई औपचारिक रुपमा पार्टी एकताको जानकारी गराउन नेताहरु जानेछन् । जसको लागि सुवास नेम्बाङ र देव गुरुङलाई जिम्मेवारी दिईएको छ ।

अब पार्टीका नेताहरुले राष्ट्रिय सभागृहमा गएर भाषण गर्नेछन ।  जसको लागि मञ्च तम्तयार भइसकेको छ । 


महत्वपूर्ण ९ सहमति यस्ता छन्: 

१. एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने । 

२. दुई अध्यक्षात्मक प्रणाली अपनाइने । 

३. दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली हुने 

४. नौ सदस्यीय सचिवालय रहने, जसमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने र त्यसपछि नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहने 

५. पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठ र पार्टीको महासचिव विष्णु पौडेल हुने ।

६. ९ सदस्सीय सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने ।

७. केन्द्रीय समिति ४४१ (एमाले २४१, माओवादी: २००) र स्थायी समिति ४५ सदस्यीय (माओवादीबाट १९ र एमालेबाट २६ जना) हुने ।

८. मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने । 

९. एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने । 

१०. एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन