१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक समृद्ध बनाउन युवाशक्ति संगठित हुनुपर्छ: अध्यक्ष थापा

४ जेष्ठ २०७५, शुक्रबार ०६:३८

जेठ ४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताउनुभएको छ । 

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ, पार्टीको अवस्था र युवाहरुको भूमिका’ विषयक विचारगोष्ठीमा मुलुकलाई समृद्ध बनाउनका लागि युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै राष्ट्रिय चरित्र भएको परम्परागत मूल्य र मान्यतालाई आत्मसात गरी देश विकास र समृद्धि कायम गर्न सकिने बताउनुभयो । 

विगतमा देशमा स्थापना भएका उद्योग धन्दाहरु कहिले निजीकरण, कहिले जनयुद्धका नाममा ध्वस्त बनाइएकाले वार्षिक पाँचलाख ४७ हजार युवा रोजगारका लागि खाडी मुलुकतर्फ जान बाध्य भएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

पार्टीले अवलम्वन गरेको संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डालाई स्थापित गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहेकाले संगठन विस्तारमा जुट्न युवाहरुलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको निकासको अन्तिम विकल्प हिन्दुराष्ट्र र राजसंस्था मात्र भएको विचार व्यक्त गर्नुभयो । 

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक, राप्रयुसंका उपाध्यक्ष ऋषिराज देवकोटा, प्रवक्ता सुजित के.सी., युवा नेता डम्बर तामाङ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह लगायतले मुलुकको राजनीतिमा युवाहरुको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो । 

राप्रयुसंका अध्यक्ष प्रकाश रिमालले युवालाई व्यवसायिक सिप, तालीमका माध्यमबाट रोजगार सिर्जना गर्न सकिने बताउँदै सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन