२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक समृद्ध बनाउन युवाशक्ति संगठित हुनुपर्छ: अध्यक्ष थापा

२०७५, ४ जेष्ठ शुक्रबार ०६:३८

जेठ ४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताउनुभएको छ । 

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ, पार्टीको अवस्था र युवाहरुको भूमिका’ विषयक विचारगोष्ठीमा मुलुकलाई समृद्ध बनाउनका लागि युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै राष्ट्रिय चरित्र भएको परम्परागत मूल्य र मान्यतालाई आत्मसात गरी देश विकास र समृद्धि कायम गर्न सकिने बताउनुभयो । 

विगतमा देशमा स्थापना भएका उद्योग धन्दाहरु कहिले निजीकरण, कहिले जनयुद्धका नाममा ध्वस्त बनाइएकाले वार्षिक पाँचलाख ४७ हजार युवा रोजगारका लागि खाडी मुलुकतर्फ जान बाध्य भएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

पार्टीले अवलम्वन गरेको संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डालाई स्थापित गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहेकाले संगठन विस्तारमा जुट्न युवाहरुलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको निकासको अन्तिम विकल्प हिन्दुराष्ट्र र राजसंस्था मात्र भएको विचार व्यक्त गर्नुभयो । 

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक, राप्रयुसंका उपाध्यक्ष ऋषिराज देवकोटा, प्रवक्ता सुजित के.सी., युवा नेता डम्बर तामाङ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह लगायतले मुलुकको राजनीतिमा युवाहरुको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो । 

राप्रयुसंका अध्यक्ष प्रकाश रिमालले युवालाई व्यवसायिक सिप, तालीमका माध्यमबाट रोजगार सिर्जना गर्न सकिने बताउँदै सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन