१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपामा ‘माओवादी तर्फ’बाट १८ जना स्थायी कमिटीमा को-को ?

५ जेष्ठ २०७५, शनिबार ०७:३०

जेठ ५, काठमाडौं । नयाँ गठन भएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीमा ४३ सदस्य हुने सहमति भएकोमा तात्कालिन माओवादी केन्द्रबाट १८ जना स्थानीय समितिमा रहनेछन् तर अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' लाई १८ जना सदस्य छान्न सकस पर्ने देखिएको छ । 

तत्कालीन माओवादीबाट नेकपाको स्थायी समितिका लागि आधाभन्दा बढीको नाम लगभग टुंगो लागिसकेको माओवादी नेताहरुले बताए पनि ६/७ जना नेताहरुको बिषयमा निर्णय लिन सकिएको छैन । त्यसो स्थायी सदस्य मात्र नभई २०० सदस्य छान्न पनि प्रचण्डलाई निकै सकस पर्ने देखिएको छ । सदस्यमा समेटिन शुक्रबार बिहानैदेखि प्रचण्ड निवास पुगेर जिल्ला स्तरका नेताहरुले लविङ गर्ने क्रम जारी छ । तात्कालिन माओवादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षमान पुन ‘अनन्त’, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा ‘प्रभाकर’, शक्ति बहादुर बस्नेत, पम्फा भुसाल, देव गुरुङ, अग्नि सापकोटा र मात्रिका यादव स्थायी समितिमा पर्ने पक्का जस्तै छ भने बाँकी को-को पर्ने भन्ने कुनै संकेत छैन । 

त्यस्तै दावेदारमा झन्डै १ दर्जन नेताहरुको बिषयमा प्रचण्डलाई निर्णय लिन निकै कठीनाई पर्ने देखिएको छ । दावेदारीमा स्थाई समितिका लागि कोटा पुग्ने संख्यामा भन्दा धेरै नेताहरु छन्, जसमा रामचन्द्र झा, प्रभु साह, देवेन्द्र पौडेल, गणेश साह, हरिबोल गजुरेल, मणि थापा, लेखराज भट्ट, अमिक शेरचन, लिलामणि पोखरेल, राम कार्की लगायत छन् ।  

यसै बिषयमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल' बीच आन्तरिक छलफलमा छन् । स्थायी कमिटिमा पर्न दावेदारी गर्नेहरुले तीन नेतासँग बाक्लो लविङ गर्दैछन् भने २०० जना केन्द्रीय सदस्यताको लागि प्रचण्डदेखि जनार्दन शर्मासम्मका नेताहरुलाई भेटेर, मोबाइलमा संदेश तथा फोन गरेरै पनि लविङ गरिरहेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको लागि तात्कालिन एमाले तर्फबाट २४१ जना र माओवादीको तर्फबाट २०० जना सदस्य रहनेछन् जसमा स्थायी समितिमा को-को पर्ने भन्ने अन्तिम टुंगो एमाले-माओवादी दुवैले तय गरिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन