२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपामा ‘माओवादी तर्फ’बाट १८ जना स्थायी कमिटीमा को-को ?

२०७५, ५ जेष्ठ शनिबार ०७:३०

जेठ ५, काठमाडौं । नयाँ गठन भएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीमा ४३ सदस्य हुने सहमति भएकोमा तात्कालिन माओवादी केन्द्रबाट १८ जना स्थानीय समितिमा रहनेछन् तर अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' लाई १८ जना सदस्य छान्न सकस पर्ने देखिएको छ । 

तत्कालीन माओवादीबाट नेकपाको स्थायी समितिका लागि आधाभन्दा बढीको नाम लगभग टुंगो लागिसकेको माओवादी नेताहरुले बताए पनि ६/७ जना नेताहरुको बिषयमा निर्णय लिन सकिएको छैन । त्यसो स्थायी सदस्य मात्र नभई २०० सदस्य छान्न पनि प्रचण्डलाई निकै सकस पर्ने देखिएको छ । सदस्यमा समेटिन शुक्रबार बिहानैदेखि प्रचण्ड निवास पुगेर जिल्ला स्तरका नेताहरुले लविङ गर्ने क्रम जारी छ । तात्कालिन माओवादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षमान पुन ‘अनन्त’, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा ‘प्रभाकर’, शक्ति बहादुर बस्नेत, पम्फा भुसाल, देव गुरुङ, अग्नि सापकोटा र मात्रिका यादव स्थायी समितिमा पर्ने पक्का जस्तै छ भने बाँकी को-को पर्ने भन्ने कुनै संकेत छैन । 

त्यस्तै दावेदारमा झन्डै १ दर्जन नेताहरुको बिषयमा प्रचण्डलाई निर्णय लिन निकै कठीनाई पर्ने देखिएको छ । दावेदारीमा स्थाई समितिका लागि कोटा पुग्ने संख्यामा भन्दा धेरै नेताहरु छन्, जसमा रामचन्द्र झा, प्रभु साह, देवेन्द्र पौडेल, गणेश साह, हरिबोल गजुरेल, मणि थापा, लेखराज भट्ट, अमिक शेरचन, लिलामणि पोखरेल, राम कार्की लगायत छन् ।  

यसै बिषयमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल' बीच आन्तरिक छलफलमा छन् । स्थायी कमिटिमा पर्न दावेदारी गर्नेहरुले तीन नेतासँग बाक्लो लविङ गर्दैछन् भने २०० जना केन्द्रीय सदस्यताको लागि प्रचण्डदेखि जनार्दन शर्मासम्मका नेताहरुलाई भेटेर, मोबाइलमा संदेश तथा फोन गरेरै पनि लविङ गरिरहेका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको लागि तात्कालिन एमाले तर्फबाट २४१ जना र माओवादीको तर्फबाट २०० जना सदस्य रहनेछन् जसमा स्थायी समितिमा को-को पर्ने भन्ने अन्तिम टुंगो एमाले-माओवादी दुवैले तय गरिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन