जेठ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । एमालेको स्थायी समितिले  ४१ सदस्यको नाम टुंगो लगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । एमालेको भागमा  २४१ परे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । एमालेको स्थायी समितिले  ४१ सदस्यको नाम टुंगो लगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । एमालेको भागमा  २४१ परे"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लाग्यो, को को परे ? (सुचिसहित)

२०७५, ६ जेष्ठ आईतवार ०६:३९

जेठ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । एमालेको स्थायी समितिले  ४१ सदस्यको नाम टुंगो लगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । एमालेको भागमा  २४१ परेका थिए । ती मध्ये १९६ जना पहिला नै केन्द्रीय सदस्य रहेको एमालेले अहिले ४५ जनाको नाम टुङग्याएको स्रोतले बताए । 

एमालेले नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय देखि आन्दोलन र पार्टीमा सक्रिय रहेका सदस्यलाई मनोनय गरेको छ । 

थपिने केन्द्रीय सदस्यको सूची औपचारिक रुपमा सार्वजनिक भएको छ । तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनु पर्नेमा ४५ जनाको नाम तय भएको स्रोतले जनाएको छ ।

नेकपाका केन्द्रीय कमिटीमा अर्थमन्त्री डा.युवराज खतिवडा परेका छन् । खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा थपिएका छन् 

युवा नेताहरुबाट तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी पनि केन्द्रीय कमिटीमा पुगेका छन् ।

तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी, भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली पनि केन्द्रीय कमिटीमा पुगेका छन् ।

एमालेले शीर्ष नेताले नाम टुंगो लगाए पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्यको नाम नआएकाले अहिलेसम्म औपचारिक रुपमा सूची सार्वजनिक गरिएको छैन । 

एमाले केन्द्रीय कमिटी मार्फत प्राप्त भएको जानकारी अनुसार अनौपचारिक सूचीमा निम्नलिखित नाम परेको छन्:-

१. खगराज अधिकारी

२. गोकुल बाँस्कोटा

३. महेश बस्नेत

४. विष्णु रिजाल

५. नरुलाल चौधरी

६. डोरमणि पौडेल

७. तीलकुमार मेन्याङ्बो

८. राजेन्द्र गौतम

९. आनन्द पोखरेल

१०. कैलाश ढुंगेल

११. गुरुप्रसाद बराल

१२. डा.युवराज खतिवडा

१३. बलराम बाँस्कोटा

१४. केशवलाल श्रेष्ठ

१५. रामेश्वर फुयाल

१६. कृष्ण राई

१७ वसन्त मानन्धर

१८. निरज आचार्य

१९. दयालबहादुर शाही

२०. रवीन्द्र अधिकारी (नवलपुर)

२१. विनोद ढकाल

२२. महेश रेग्मी

२३. भानुभक्त जोशी

२४. गौरी ओली

२५. समिम मिया अन्सारी

२६. प्रमोदनारायण यादव

२७. दीलकुमारी पन्त

२८. लीला भण्डारी

२९. अइन्द्रसुन्दर नेम्वाङ

३०. साध्यबहादुर भण्डारी

३१. चन्द्रबहादुर शाही

३२. देवेन्द्र दाहाल

३३. अच्युत मैनाली

३४. देवी ज्ञवाली

३५. रामेश्वर रानामगर

३६. नरेश खरेल


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन