जेठ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । एमालेको स्थायी समितिले  ४१ सदस्यको नाम टुंगो लगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । एमालेको भागमा  २४१ परे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । एमालेको स्थायी समितिले  ४१ सदस्यको नाम टुंगो लगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । एमालेको भागमा  २४१ परे"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लाग्यो, को को परे ? (सुचिसहित)

६ जेष्ठ २०७५, आईतवार ०६:३९

जेठ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । एमालेको स्थायी समितिले  ४१ सदस्यको नाम टुंगो लगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । एमालेको भागमा  २४१ परेका थिए । ती मध्ये १९६ जना पहिला नै केन्द्रीय सदस्य रहेको एमालेले अहिले ४५ जनाको नाम टुङग्याएको स्रोतले बताए । 

एमालेले नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय देखि आन्दोलन र पार्टीमा सक्रिय रहेका सदस्यलाई मनोनय गरेको छ । 

थपिने केन्द्रीय सदस्यको सूची औपचारिक रुपमा सार्वजनिक भएको छ । तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनु पर्नेमा ४५ जनाको नाम तय भएको स्रोतले जनाएको छ ।

नेकपाका केन्द्रीय कमिटीमा अर्थमन्त्री डा.युवराज खतिवडा परेका छन् । खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य बनेका छन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा थपिएका छन् 

युवा नेताहरुबाट तत्कालीन एमालेका प्रचार विभाग सचिव तथा पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी पनि केन्द्रीय कमिटीमा पुगेका छन् ।

तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी, भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली पनि केन्द्रीय कमिटीमा पुगेका छन् ।

एमालेले शीर्ष नेताले नाम टुंगो लगाए पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्यको नाम नआएकाले अहिलेसम्म औपचारिक रुपमा सूची सार्वजनिक गरिएको छैन । 

एमाले केन्द्रीय कमिटी मार्फत प्राप्त भएको जानकारी अनुसार अनौपचारिक सूचीमा निम्नलिखित नाम परेको छन्:-

१. खगराज अधिकारी

२. गोकुल बाँस्कोटा

३. महेश बस्नेत

४. विष्णु रिजाल

५. नरुलाल चौधरी

६. डोरमणि पौडेल

७. तीलकुमार मेन्याङ्बो

८. राजेन्द्र गौतम

९. आनन्द पोखरेल

१०. कैलाश ढुंगेल

११. गुरुप्रसाद बराल

१२. डा.युवराज खतिवडा

१३. बलराम बाँस्कोटा

१४. केशवलाल श्रेष्ठ

१५. रामेश्वर फुयाल

१६. कृष्ण राई

१७ वसन्त मानन्धर

१८. निरज आचार्य

१९. दयालबहादुर शाही

२०. रवीन्द्र अधिकारी (नवलपुर)

२१. विनोद ढकाल

२२. महेश रेग्मी

२३. भानुभक्त जोशी

२४. गौरी ओली

२५. समिम मिया अन्सारी

२६. प्रमोदनारायण यादव

२७. दीलकुमारी पन्त

२८. लीला भण्डारी

२९. अइन्द्रसुन्दर नेम्वाङ

३०. साध्यबहादुर भण्डारी

३१. चन्द्रबहादुर शाही

३२. देवेन्द्र दाहाल

३३. अच्युत मैनाली

३४. देवी ज्ञवाली

३५. रामेश्वर रानामगर

३६. नरेश खरेल


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी