२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कांग्रेसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

७ जेष्ठ २०७५, सोमबार ०२:०३

जेठ ७, गुल्मी | गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । 

पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तिपुर, शृंगा, वामीटक्सार, तम्घासलगायतका स्थानमा सामाजिक विकृति विसंगतिविरुद्ध अभियानअन्तर्गत जातीय विभेद, बाल शोषण, घरेलु हिंसा बन्द गर, जाँडरक्सी नियन्त्रण, सामाजिक विभेदको अन्त्य गरौँ, दाइजो प्रथाको अन्त्य गरौँजस्ता विभिन्न नारा लेखिएका प्ले कार्डसहित ¥याली र कोणसभा गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट गाउँ गाउँमा राम्रो प्रभाव परेकाले यसलाई निरन्तरता दिँदै जाने पार्टीका महिला विभाग प्रमुख अमृता कुँवरले बताउनुभयो । 

पार्टीकी जिल्ला सचिव विष्णुकुमारी सापकोटाले महिला हिंसाको मुख्य कारक भनेकै जाँडरक्सी भएकाले मदिरा सेवन नियन्त्रण गर्न जिल्लाभर चेतनामूलक अभियान सञ्चालन गरिएको र पहिलो चरणमा दलित र गरिबको नजिक पुगेर उनीहरुका जीवन पद्धतिका बारेमा अध्ययन गरेर सामाजिक कुरीति र विभेदको अन्त्य गर्न अभियान केन्द्रित भएको बताउनुभयो । 

सचिव सापकोटाले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामाकरण गरिएको कतै कामी टोल, कतै दमाइ र सार्की टोल त कतै धोवी र कुमालजस्ता नामाकरण गरेर उपहास गरिएकोले अब ती गाउँ टोलको नामलाई सुधार गरेर सुन्दर नामाकरण गर्ने बताउनुभयो । 

गुल्मी काँग्रेसले दोस्रो चरणको अभियानमा ९३ वटै वडामा ५० दिने महाभियानअन्तर्गत विभिन्न कार्यक्रमसहित अभियान सञ्चालन गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…