१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ: गृहमन्त्री थापा

७ जेष्ठ २०७५, सोमबार ०९:१२

जेठ ७ भक्तपुर | गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताउनुभएको छ । 

भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताउनुभयो । 

उहाँले अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुने उहाँको भनाइ थियो । 

देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्ने बताउँदै मन्त्री थापाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताउनुभयो । मुलुक भ्रष्टाचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने उहाँको भनाइ थियो । 

उहाँले जनयुद्धका शहीद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री थापाले अहिलेको समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दाबी गर्नुभयो । 

बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएकाले भन्दै शहीद र बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको चर्चा गर्नुभयो । भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न उहाँले भक्तपुरको प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो । 

जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारबाही गर्न गृहमन्त्री थापाले प्रशासनलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता दिलकृष्ण प्रजापति, देवेन्द्र श्रेष्ठ, जिल्ला संयोजक डिपी ढकाललगायतले वर्तमान सरकारले परिवार र शहीद परिवारका सम्मान गर्दै मुलुकलाई समृद्धितर्फ लानुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन