२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

लगानीकर्ताको सुरक्षा ग्यारेन्टीका लागि प्रदेश सरकार तयार: मुख्यमन्त्री भट्ट

२०७५, ७ जेष्ठ सोमबार १०:१६

जेठ ७ कैलाली | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीकर्ताको सुरक्षाको सुनिश्चित गर्ने कुरामा प्रदेश सरकार नीतिगतरुपमा अगाडि बढेको बताउनुभएको छ । 

आज धनगढीमा आयोजित गण्डकी विकास बैंकको ५९ शाखाको समुद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समग्र विकासका लागि लगानीकर्तालाई प्रोत्साहनसहितको लगानीको व्यवस्थाका लागि प्रदेश सरकार तयार रहेको र कार्यक्रम सञ्चालन गर्न खोजी रहेको स्पष्ट पार्नुभयो । 


मुख्यमन्त्री भट्टले आव २०७४÷७५ को आंशिक बजेटमा बैंकको हकमा सबैले पूँजीलाई जम्मा गर्नका लागि एक व्यक्ति एक खाता सिद्धान्तका रुपमा प्रदेश नं ७ मा बैंकहरुलाई भित्र्याउने र बैंकहरुले प्रदेशको समग्र विकासमा गर्नुपर्ने कामको बारेमा प्रष्टता गर्नाका साथै आम समुदायले पनि पूँजी बचत गर्ने बानी बसाल्नुपर्छ भनेर शुरुवात गरिएको बताउनुभयो । 

उहाँले उद्घाटन समारोहमा ब्याङ्कर र बैंक निर्माताले दुर्गम भेगका जनतालाई नजिकबाट सेवा प्रदान गर्नका लागि त्यस्ता ठाउँमा पुग्ने प्रयास गरी योजना बनाउनु पर्नेमा जोड दिनुभयो । 

त्यसैगरी कार्यक्रममा गण्डकी विकास बैंक सञ्चालन समितिका अध्यक्ष जगनबहादुर गुरुङले विकास बैंकमध्येको उत्कृष्ट बैंक गण्डकी विकास बैंकको शाखा धनगढीमा पनि सञ्चालनमा आएकाले यसको सेवा उपभोग गरेर धनगढीवासीलाई लाभान्वित भइदिन अनुरोध गर्नुभयो । 

नेपालका विकास बैंकमध्ये सबैभन्दा बढी चुक्ता पूँजी रहेको गण्डकी विकास बैंकको चुक्ता पूँजी रु दुई अर्ब ७५ करोड रहेको छ भने नेपालभरिमा ५९ वटा शाखा विस्तार भइसकेको जनाइएको छ । 

रु २० अर्ब ४३ करोड भुक्तानी रहेको उक्त बैंकको १८ वटा शाखा निकट भविष्यमै विस्तारका क्रममा रहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन