२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ओली सरकारका ५ मूख्य प्राथमिकता

२०७५, ७ जेष्ठ सोमबार १२:३७

जेठ ७,काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । सरकारले नीति तथा कार्यक्रम मार्फत आर्थिक विकास र रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि पूर्वाधार निर्माण गर्नुपर्नेमा सरकारको जोड दिने उल्लेख  छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम

देशभित्रै रोजगारी सिजर्ना गरेर आगामी ५ वर्षपछि कुनैपनि नेपाली रोजगारीका लागि विदेश जानु नपर्ने स्थिति सिर्जना गर्ने सरकारले लक्ष राखेको छ । त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

१० वर्षमा १५ हजार मेगावाट बिजुली

सरकारले १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ भने विद्युत खपतलाई १० वर्षमा १४ गुणालेब ढाउने उल्लेख छ । अहिले प्रतिव्यक्ति विद्युत खपत १०० कलिोवाट छ भने यसलाई १० वर्षमा बढाएर १५ सय किलोवाट पुर्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

५ वर्षभित्र सबै स्थानीय तहमा पीच सडक

सरकारले आगामी ५ वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याउने घोषणा गरेको छ । साढे ७ सय स्थानीय तहमध्ये अहिले आधाम स्थानीय तहको केन्द्रमा पनि पक्की सडक पुगेको छैन।

५ वर्षभित्रै काठमाडौं तराई फास्ट ट्र्याक

सरकारले आगामी ५ वर्षभित्रमा काठमाडौं निजगढ फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । लामो समयदेखि चर्चामा रहेको तर काम अघि बढ्न नसकेको यो फास्ट ट्रयाकलाई ओली सरकारले प्राथमिकतामा राखेको छ।

पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने

सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। सरकारले सोमबार प्रस्तुत गरेको०७५/०७६को नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने उल्लेख छ।राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्-प्रति व्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइनेछ ।

त्यस्तै, सरकारले निजी क्षेत्रको लगानी र नाफाको सुरक्षा गर्ने सरकारको नीति तथा कार्यक्रममा  उल्लेख छ । निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा प्रोत्साहित गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन