विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैभन्दा धनी मन्त्री महासेठ : सम्पत्ति विवरण कति ?

९ जेष्ठ २०७५, बुधबार ०९:०३

जेठ ९, काठमाडौं । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनकि गरेको छ ।


विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् । मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको देखिन्छ ।

महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालि वडा ९ मा ४२०० वर्गफिटको साढे दुई तल्ला घर रहेको छ । त्यस्तै श्रीमतीकै नाममा ललितपुर महानगरपालिकामा ५८०० वर्गफिटमा साढे दुई तल्ला घर रहेको छ ।

त्यस्तै श्रमती जलीकै नाममा धनुषामा ८ विघा र ५ कठ्ठा, सिन्धुली कमलामाइमा ५ कठ्ठा, ललितपुर महानगरपालिकामा २ रोपनी १३ आना, १ रोपनी ७ आनाको कित्ता रहेको छ । त्यस्तै महासेठको नाममा भने १ विघा १५ कठ्ठा जग्गा रहेको देखिन्छ ।

त्यस्तै महासेठले ७२ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेका छन् । महासेठसँग ५२ तोला सुन देखिन्छ । जसमा २७ तोला पैतृक र २५ तोलो दाइजोको रुपमा रहेको विवरणमा उल्लेख छ । चाँदी भने डेढ किलो रहेको देखिन्छ ।

महासेठसँग ४० करोड रुपैयाँ बराबरको सेयरसमेत रहेको देखिन्छ । उक्त सेयर विभिन्न कम्पनी र बैंकमा रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै सगोलको जग्गा भने १४७ विघाभन्दा बढी रहेको देखिन्छ । महासेठले भने श्रीमती र आफ्नो नाम गरी २३ करोड भने ऋण देखाएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी