२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्कालीन माओवादीबाट १९ जनाको नाम टुंगिएन, प्रचण्डलाई दबाव

२०७५, १० जेष्ठ बिहीबार ०६:४२

जेठ १०, काठमाडौं । माओवादी केन्द्रको तर्फबाट स्थायी कमिटीमा समावेश गर्नुपर्ने १९ जनाको नाम टुंगो नलागेपछि नेकपाको स्थायी कमिटीले पूर्णता पाउन सकेको छैन । 

४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेबाट रहने २६ जनाको टुंगो लागे पनि तत्कालीन माओवादीबाट १९ जनाको नामको टुंगो नलागेपछि स्थायी कमिटीले पूर्णता पाउन नसकेको हो |

स्थायी कमिटीमा पर्नका लागि नेताहरुले प्रचण्डमाथि दबाव पारेका छन् । 

पूर्वमाओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापा बादल हाइकमाण्ड सदस्य छन् । त्यस्तै टोपवहादुर रायमाझी, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिवोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, अग्नि सापकोटा, मात्रिका यादव विगतको वरिष्ठताका आधारमा स्थायी कमिटीमा पर्ने निश्चित देखिएको छ ।

बाँकी ६ जनामा पर्न करीब एक दर्जन नेताहरुको प्रतिस्पर्धा छ । अमिक शेरचन स्थायी आमन्त्रित सदस्य हुने भएका छन् ।

बाँकी ६ जनाभित्र पर्न लिलामणि पोखरेल, मणि थापा, देवेन्द्र पौडेल, चन्द्रप्रसाद खनाल, कुलप्रसाद केसी, राम कार्की, हितमान शाक्य, तिलक परियार, लेखराज भट्ट, रामचन्द्र झालगायतका नेताहरुको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन