२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्वाँख झरेको माउ जस्तै भयो कांग्रेसः शाही

१४ जेष्ठ २०७५, सोमबार ०३:०९

जेठ १४, सुर्खेत | नेपाली कांग्रेस पार्टी प्वाँख झरेको माउजस्तो भएको प्रदेश सांसद जीवनबहादुर शाहीले बताएका छन् । आफ्नै पार्टीको चित्रण गर्दै शाहीले भर्खरै चल्ला कोरेको माउले चल्लालाई ओत दिएर संरक्षण गर्नुपर्ने ठाँउमा आफैँ प्वाँख झरेर संरक्षण गर्न नसक्ने अवस्थामा पार्टी पुगेको बताएका हुन् ।

नेपाल स्वास्थ्यकर्मी संघको सातौं जिल्ला अधिवेशनमा बोल्दै शाहीले अरुका कारण नभई आफ्नै कारणले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गरे । पार्टीका कार्यकर्ताहरुले एक अर्कामा दोषारोपण नगरी सबै तहका नेताहरुले निर्वाचन परिणामको जिम्मेवारी लिनुपर्ने शाहीको भनाई छ । माउपार्टी कमजोर हुँदा पार्टीका सबै संरचनाहरु कमजोर भयो । 

कांग्रेसजनहरुमा निराशा उत्पन्न भयो’ शाहीले भने,‘पार्टीलाई मजबुत बनाउन नेताहरु एक ढिक्का हुनुको विकल्प छैन् ।’  शाहीले आफु पर्यटन मन्त्री र गगन थापा स्वास्थ्य मन्त्रीहुँदा नै स्वास्थ्य स्वंयमसेविकाको जिविकोपार्जनलाई सहज तुल्याउन प्रयास गरिएको स्मरण गराए । ‘स्वंयकसेविकाको हितमा कार्यक्रम ल्याएपनि ९ महिनामै सरकार छोड्दा प्रयासले निरन्तरता पाएन’ शाहीले थपे,‘पछिल्लो सरकारले आफूहरुले ल्याएका कार्यक्रम ओझेलमा पार्दा स्वयंसेविकाको माग पुरा हुन सकेन् ।’ 

पार्टीको केन्द्रीय सदस्य समेत रहेका शाहीले प्रदेश भौगोलिक विकटताभन्दा जनसङ्ख्यालाई आधार बनाएर बजेट ल्याए कर्णाली प्रदेशको समृद्धि सम्भव नहुने दावी गरे ।  ञ्चहरुका कारण पञ्चायत ढलेको बताएका सांसद हिमबहादुर शाहीले कम्यूनिष्टहरुकै कारण कम्यूनिष्टको सरकारको पतन हुने दावी गरे । पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले अरुलाई सम्मान गर्न सिके काँग्रेसलाई घाटा नहुने बताए । उनले यो प्रदेशबाट निर्वाचित भएका आफ्ना पार्टीका सासंदहरु को–को हुन भनेर चिन्ह समेत कुनै कार्यक्रमको आयोजना गर्न नसक्नु सुर्खेत काँग्रेसको कमजोरी भएको आरोप लगाएका विष्टले आफूले झुकेर सम्मान गरे अरुलेपनि आफुलाई सम्मान गर्ने पाठ सिकाए । 

स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष राजेश बुढाले आफ्नो कार्यकालको प्रतिवेलन पेश गरेका थिए । उद्घाटन सत्रमा स्वास्थ्य पत्रकार समुहका अध्यक्ष श्रीधर पौड्याल लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो  । अधिवेशनमा प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ, अमृता शाही, झोवा विक, पूर्व स्वास्थ्य राज्मन्त्री खड्ग बस्याल, जिल्ला समन्वय समितिका प्रमुख छविलाला सिग्देल, नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, स्वास्थ्यकर्मी संघका उप–महासचिव किरण वली, पञ्चपुरीका मेयर उपेन्द्र्र थापा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य