२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालकृष्ण ढुंगेल कैद माफी, जेलबाट छुटे

२०७५, १५ जेष्ठ मंगलवार ०३:५४

जेठ १५, काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल आज रिहा भएका छन् । सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल छुटेका हुन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । तर ढुंगेल अदालतको फैसलासँगै फरार थिए । चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परे । जेल परेको झण्डै ६ महिनापछि उनलाई जेलबाट मुक्ति मिलेको छ ।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए ।

ढुंगेललाई माफी नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

ढुंगेलसँगै अन्य ८१६ कैदीले समेत माफी पाएका छन् ।

प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन