१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपी विचार राष्ट्रिय समाजको प्रदेश ३ स्तरीय भेला काठमाडौँमा हुने

१६ जेष्ठ २०७५, बुधबार ०८:३१

जेठ १६ काठमाडौँ | बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । 

समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताउनुभयो । 

“हारको जिम्मेवारी काँग्रेस केन्द्रीय समितिले लिए पनि हारको कारण कार्यकर्तालाई भनिएको छैन, कार्यकर्ता के कारण हार भयो भन्ने जान्न चाहन्छन्, काँग्रेस प्रभावकारी प्रतिपक्ष पनि बन्न नसकेका सम्बन्धमा भेलामा छलफल हुनेछ”–उहाँले भन्नुभयो । 

काँग्रेसका विरुद्ध सबै दल एकजुट भएकाले गणतन्त्र र धर्मरिपेक्षताका लागि पार्टीलाई प्रयोग मात्र गरिएको त होइन भन्ने आशंका भएको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । 

काँग्रेससँगै प्रजातन्त्र र राष्ट्रियता समाप्त गर्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सजग हुन समाजले आह्वान गरेको छ । 

भेलामा ३ नं प्रदेशका १३ जिल्लाका समाजका सदस्यको सहभागिता रहने प्रदेश संयोजक खेमराज सेढाईंले बताउनुभयो । त्यस अवसरमा काँग्रेसले बिर्सन थालेको बिपी विचारका बारेमा समेत बहस हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक