ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ने"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध नेपालका लागि शैक्षिक जनशक्ति उत्पादनमा प्राथमिकता: प्रधानमन्त्री

१६ जेष्ठ २०७५, बुधबार १०:२३

जेठ १६ काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । 


नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आधुनिक, रोजगारमूलक, आत्मनिर्भर, व्यावहारिक र समाजोपयोगी शिक्षाका लागि सरकारले प्राथमिकता दिएको छ ।” 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्नातक उत्तीर्ण गरेको छ तर केही गर्न सक्दैन, त्यस्तो हुनुहुँदैन, शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्, विद्यार्थीको चाहनाअनुसारको शिक्षा नदिएमा ऊ सफल हुँदैन, विद्यार्थी सफल नभए समृद्ध नेपाल बन्दैन ।” 


उहाँले सरकारमा रहने र नरहने सबै दल एकजुट भएर राष्ट्र निर्माणका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको बजेट ‘हावादारी’ नभई यथार्थमा आधारित रहेको बताउनुभयो । 

शिक्षकका परीक्षा चाँडै 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थगित भएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा चाँडै लिइने र त्यससँगै खुल्ला परीक्षा पनि लिइने जानकारी दिनुभयो । 

शिक्षा ऐन, २०२८ लाई विस्थापन गरी सबैसँग परामर्श गरेर संघीय शिक्षा ऐन तथा अनिवार्य शिक्षा ऐन ल्याउने बताउँदै उहाँले शिक्षाको बजेट क्रमशः बढ्दो क्रममा रहेको र उच्च शिक्षालाई विशेष प्राथमिकता दिइएको तथा विद्यार्थी भर्ना अभियान सफल भएकाले अब टिकाउ, बिकाउ र सिकाइ अभियान सञ्चालन हुने बताउनुभयो । 

मन्त्री पोखरेलले उच्चस्तरीय शिक्षा आयोग पुनर्गठन गरिने र शिक्षकका लागि अलग्गै अस्पताल खोलिने जानकारी दिँदै आफूहरु शिक्षकको राजनीतिक अधिकार कटौती गर्ने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री डा गंगालाल तुलाधारले प्राविधिक धार र प्रविधिको सहयोग लिएर शिक्षामा सुधार गर्न सकिने छ भन्नुभयो । 

संगठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकहरुको परीक्षा स्थगन गरिनु दुःखद भएकाले चाँडै परीक्षा लिन माग गर्नुभयो । 

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडालगायतलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित