प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वा"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मुलुकमा विकास र समृद्धि कायम हुन्छः गृहमन्त्री थापा

२०७५, १८ जेष्ठ शुक्रबार ०७:४८

जेठ १८ विराटनगर | गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताउनुभएको छ । 


प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धि दर दुई अंक भन्दा बढी कायम हुने विश्वास व्यक्त गर्नुभयो । 

गृहमन्त्री थापाले प्रधानमन्त्रीको हालैको भारत भ्रमण र आगामी दिनमा हुने चीन भ्रमणवाट वैदेशिक सम्बन्ध थप सुढृढ हुने बताउँदै यसबाट मुलुकमा विकास र समृद्धि कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो । 

मुलुकमा केही वस्तुको मूल्य वृद्धि आन्तरिक कारण नभै अन्तर्राष्ट्रिय बजारका कारणले भएको उल्लेख गर्दै उहाँले कालोबजारी हुनै नदिन र भएपनि त्यसको नियन्त्रणका लागि वर्तमान सरकार दृढ संकल्प रहेको छ भन्नुभयो । 

गृहमन्त्री थापाले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि प्रर्याप्त बजेट विनियोजन गरिएको बताउँदै समयमा आफ्नो जिम्मेवारी पूरा नगरी विकास निर्माण कार्यमा अवरोध उत्पन्न गर्ने गराउने ठेकेदारलाई कारवाही गर्न सरकार पछाडि नपर्ने धारणा व्यक्त गर्नुभयो । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको सम्बन्धमा छानबीन आयोगले आफ्नो कार्य गरिरहेको छ, उहाँले भन्नुभयो, “तस्करी सञ्जाललाई तोडी अपराधिलाई न्यायको कठघारामा उभ्याइने दायित्वबाट सरकार पछि हट्दैन ।” 

गृहमन्त्री थापाले शिक्षा, स्वास्थ्य, निर्माण र कृषि लगायत सबै क्षेत्रमा देखिएको सिण्डिकेटको अन्त्य गरिने बताउँदै स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतालाई गुणस्तरीय सेवा र सामान उपलब्ध गराउनका लागि सरकार प्रतिबद्ध छ भन्नुभयो । 

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट मुलुकमा विकास र समृद्धि कायम हुने उहाँले प्रष्ट पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन