२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमबाट यादव र राईको मन्त्रालय टुंगो लाग्यो, सपथ ३ बजे

२०७५, १८ जेष्ठ शुक्रबार ०८:२५

जेठ १८, काठमाडौँ | केपी ओली नेतृत्वको सरकारमा फोरमका दुई मन्त्रीले केहि बेरमा सपथ लिंदैछन् । फोरम सरकारलाई सहभागी भएसंगै दुई मन्त्रालयमा सहमति भएको छ । 

सहमति अनुसार अब उपेन्द्र यादव स्वास्थ्य मन्त्री  बन्नेछन् भने फोरमकै अर्का नेता मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री बन्ने भएका छन् । नव नियुक्त मन्त्रीहरुलाई आज दिउसो ३ बजे शीतल निवासमा सपथ खुवाउने कार्यक्रम छ । 

प्रतिनिधि सभाको निर्वाचनमा सप्तरी– २ बाट उपेन्द्र यादव निर्वाचित भएका थिए भने राई बाँके– २ बाट निर्वाचित भएका थिए । साथै दुवै नेताले यसअघि मन्त्रालय सम्हालेको अनुभव छ । यस अघि यादवले दुई पटकसम्म परराष्ट्रमन्त्री सम्हालेका थिए भने राईले श्रम मन्त्री सम्हालेका थिए । 

दुई बुँदे सहमतिसँगै फोरम सरकारमा सहभागी हुन तयार भएको थियो । सहमतिअनुसार पहिलो मुख्य सहमतिमा संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संशोधन गरिने छ भन्ने उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन