२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजेट कार्यान्वयनमा चुनौती

२०७५, २० जेष्ठ आईतवार १०:४६

जेठ २० काठमाडौँ | आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्ता पक्षका सांसदले आलोचनात्मक समर्थन गरेका छन् भने प्रतिपक्ष सांसदले बजेट कार्यान्वयनमा चुनौती हुने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले आगामी आवको बजेटले आर्थिक विकास, रोजगारी वृद्धि र सबल अर्थतन्त्रको आधार निर्माणका लागि आधार वर्ष तयार गरेको बताउनुभएको हो । 

बजेटमा आएका कतिपय कार्यक्रम महत्वकांक्षी भएको भन्दै उहाँहरुले बजेटले अगाडि सारेका कतिपय कार्यक्रम कार्यान्वयनमा चुनौती भएको धारणा व्यक्त गर्नुभएको हो । 

सांसद कमला रोकाले आर्थिक समृद्धिका लागि सरकारले प्रस्तुत गरेको बजेट समाजवाद उन्मुख रहेकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । सांसद रामवीर मानन्धरले जनमतको कदर गर्दै बजेट आएकाले कार्यान्वयनका लागि सबै क्षेत्रको सकारात्मक सहयोगको जरुरी रहेको बताउनुभयो । 

सांसद गगनकुमार थापाले बजेट नीति तथा कार्यक्रमभन्दा सुधार र सावधानीपूर्ण तवरले आएको टिप्प्णी गर्दै भन्नुभयो, “थैली हेरेर निर्धारण गरिएको बजेटमा स्पष्टता र मार्गदर्शनको अभाव खड्किएको छ । कार्यान्वयनमा समस्या आउँछ ।” 

पूर्वाधारमा रकम छरिएकाले परिणाम दिनेमा शंका व्यक्त गर्दै उहाँले विभिन्न क्षेत्रमा कर बढाइँदा विदेशी लगानी भित्र्याउन समस्या हुनेमा जोड दिनुभयो । सांसद थापाले बजेटमा सिर्जनशीलता र स्पष्टताको अभावसमेत बजेटमा रहेको आरोप लगाउनुभयो । 

सांसद नवीना लामाले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई कार्यान्वयन गर्ने गरी बजेट आएको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । 

सांसद प्रदीप गिरीले आत्मनिर्भर अर्थतन्त्र मुलुकलाई चाहिएको भन्दै वर्तमान सरकारले प्रस्तुत गरेका केही कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने विषयबाट त्यसको प्रभावकारिताको मापन हुने बताउनुभयो । 

सांसद लीला श्रेष्ठले बजेटले आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त गरेको भन्दै ऊर्जा, कृषि, हवाई क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । 

सांसद देवप्रसाद तिमिल्सिनाले निर्वाचनमा वाम गठबन्धनले गरेको प्रतिबद्धताअनुरुप बजेट नआएको भन्दै सरकारको आलोचना गर्नुभयो । 

सांसद पार्वता डिसीले संघीयताको मर्म र भावनाविपरीत बजेट आएको भन्दै कम्युनिष्ट सरकारले अल्पसंख्यक, आदिवासी, जनजाति, महिला, दलित कोही कसैलाई पनि नछोएको भन्दै आलोचना गर्नुभयो । 

सांसदहरु समिना हुसेन, अतहरकमाल मुसलमान, मोहन आचार्य, तुलसा थापा, रंगमती शाहीले बजेटले अगाडि बढाएका कार्यक्रम केही सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको बताउनुभयो । 

देशका आर्थिक आधार तयार गर्नका लागि बजेट महत्वपूर्ण भएको भन्दै उहाँहरुले बजेटले रोजगारीको सिर्जना र निर्यात प्रवद्र्धनमा जोड दिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन