२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको सय दिन उपलब्धिमूलक रहेन: उपसभापति निधि

२०७५, २० जेष्ठ आईतवार १०:५१

जेठ २० काठमाडौँ | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताउनुभएको छ । 

वन, वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले सरकारले संघीयता र समावेशीताविरुद्ध एकाधिकार कायम गरेको बताउँदै सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको बताउनुभयो । 

रक्सौल र कोराला नाकाबाट काठमाडौँमा रेल गुडाउने कुरा गरेर सरकारले भारत र चीनलाई रिझाउनेबाहेक अरु केही काम नगरेको बताउँदै उहाँले भन्नुभयो, “बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले अल्झाएर राखेको छ, अब काठमाडौँमा रेल ल्याउने कुरा पनि त्यसैगरी अल्झाएर (होल्ड) गरेर राख्छ ।” 

अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उपसभापति निधिले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, राष्ट्रिय एकताका लागि, विकास तथा समृद्धिका लागि आफ्नो पार्टीले सरकारलाई सकारात्मक रुपमा सहयोग गर्ने बताउँदै देश विकासका लागि आवश्यक गृहकार्य गर्न दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले प्रयत्न गर्नुपर्ने उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन