जिल्लाक"/>
जिल्लाक"/>
नरी बडु/जेठ २१, बैतडी | कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बैतडीले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण र संगठन विस्तार कार्य सम्पन्न गरेको छ ।
जिल्लाका १० ओटै स्थानीयतहमा पहिलो चरणको तरुण कार्यकर्तालाई प्रशिक्षण दिने र संगठन विस्तार गर्ने कार्य सम्पन्न भएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष एवं प्रवक्ता महेश भट्टले जानकारी दिए ।
नेपाली कांग्रेसमा यूवाहरुलाई आवद्ध गराउनका लागि र नेपाली कांग्रेसको नीति तथा सिद्धान्तका बारेमा गाउँगाउँमा जानकारी दिनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उहाँले बताए । स्थानीयस्तरबाटै सरकारले गरेका हरेक कामको खबरदारी गर्ने, स्थानीयतहले गरेका राम्रा काममा सहयोग गर्दै गलत क्रियाकलाप रोक्नका लागि तरुण दलले पहल थाल्ने जनाइएको छ । तरुणहरुलाई संगठित गर्दै उद्यमशीलतामा अग्रसर गराउन पहल थाल्न जिल्लामा प्रशिक्षण, भेटघाट, संगठन विस्तार कार्यक्रम गरिएको नेपाल तरुण दल बैतडीले जनाएको छ । “मेरो पुस्ताले व्यग्ररुपमा मुलुकलाई समृद्ध राष्ट्रको रुपमा देख्न चाहेको छ । मेरो सचेत पुस्ताले बुझेको छ, उत्तेजक भाषणले अव देशको उन्नती हुने देखिदैन । नेतृत्वको अनुहारले नागरिकहरुको अभावपूर्ण र दुःखपूर्ण जिन्दगीलाई सम्झेन । सम्बेदनाहीन नेतृत्व अव मेरो पुष्ता सहेर बस्न सक्तैन ” जस्ता साहित्य मिसिएका आक्रामक शब्द शैलीमा दरुणदलका कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको उपाध्यक्ष भट्टले बताए ।
यस्ले युवा पुस्तालाई काग्रेप्रति आक्रषित गर्ने आशा गरिएको छ । यसैबीच तरुणदलको प्रशिक्षण र संगठन विस्तार कार्यक्रम आज बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा समाजमा रहेका कुप्रथा र गाँउमा मौलाउनसक्ने भ्रष्टाचार अन्त्य गर्न स्थानीय सरकारलाई खबरदारी गर्ने लगायतका कुरा सिकाईउका छन् । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाली कांग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति तेजबहादुर चन्दले लोकतन्त्रको रक्षा र देशको समुन्नतीका लागि यूवाहरुले कांग्रेसमा आवद्ध हुनुपर्ने बताउनुभयो । प्रशिक्षण कार्यक्रममै अशोकबहादुर चन्दको अध्यक्षतामा २५ सदस्यीय शिवनाथ गाउँपालिकास्तरीय तदर्थ समिति समेत गठन गरिएको छ ।