२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थी संगठनको हड्तालले देशभरका शिक्षण संस्था प्रभावित

२०७५, २१ जेष्ठ सोमबार ०७:३३

जेठ २१, काठमाडौँ । साना दलका विद्यार्थी संगठनको शैक्षिक हड्तालले सोमबार देशभरका शिक्षण संस्था ठप्प भएका छन् ।

निजी विद्यालयले बढाएको भर्ना र मासिक शुल्क फिर्ता गर्नु पर्नेलगायतका माग राखेर सत्तारूढ संघीय समाजवादी फोरमसहितका पार्टीका विद्यार्थी संगठनले हड्ताल गरेका हुन् ।

हड्ताल गर्नेमा नयाँ शक्ति नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत ८ दलका विद्यार्थी संगठन छन् ।

हड्तालले देशभरका निजी विद्यालयमा पढाइ ठप्प भएको निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन) का अध्यक्ष विजय सम्वाहाम्फेले बताए ।

`विद्यालय पुरै ठप्प भयो । हामीले अस्वभाविक शुल्क लिएको पनि छैन´ उनले भने। शुल्क वृद्धिका विषयमा यसअघि ठूला दलका विद्यार्थी संगठनले पनि आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

शिक्षा मन्त्रालयले ठूला दलका विद्यार्थी संगठनसँग वार्ता गरेको थियो। मूल्य समायोजन गर्ने सहमति भएपछि ठूला विद्यार्थी संगठनले आन्दोलन फिर्ता लिएका थिए । वार्तामा साना दलका विद्यार्थी संगठनलाई भने बोलाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन