१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

विप्लब नेतृत्वको नेकपाद्वारा गाउँपालिका अध्यक्षलाई तत्काल राजिनामा दिन अल्टिमेटम

२१ जेष्ठ २०७५, सोमबार १५:१५

जेठ २१, अर्घाखाँची | विप्लब नेतृत्वको नेकपासँग सम्बन्धित जनपरिषद् नेपाल, जिल्ला समिति प्यूठानले झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक जि.सी.लाई आफ्नो पदबाट तत्काल राजिनामा दिन अल्टिमेटम दिंदै पत्र पठाएको प्रति नेकपा मसालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित झिमरुकका पालिका अध्यक्ष जि.सीलाई दलाल सत्ताको कथित प्रतिनिधिको संज्ञा दिंदै जेष्ठ ७ गते राजिनामाको माग सहित पत्र पठाएको नेकपा मसालले जनाएको छ । तत्काल राजिनामा नदिए जनकार्बाही गर्ने चेतावनी सहित जनपरिषद् नेपाल, प्यूठानले पठाएको पत्रको खण्डन गर्दै मसालका महामन्त्री मोहन विक्रम सिंहले यसलाई आफुहरुले गम्भिर रुपमा लिएको र कडा शब्दमा भ्रत्सना गरेको बताउनुभएको छ । 

महामन्त्री सिंहले आज एक प्रेस बक्तव्य जारी गर्दै बिप्लभ नेतृत्वको नेकपासित मसालले पार्टी एकताका लागि छलफल चलाउने, तात्कालिक रूपमा सहमति भएका विषयहरूमा कार्यगत एकता गर्ने लगायतका निर्णय गरेको स्मरण गराउंदै विप्लव नेतृत्वको नेकपाले ठाउँठाउँमा हिंसात्मक गतिविधिहरू सञ्चालन गरेको, आफ्नो पक्षका कतिपय जनप्रतिनिधिलाई कारवाही गर्ने धम्की समेत दिने गरेकाले नेकपासित कुनै भेटघाट नगर्ने तथा नेकपासित कुनै कार्यगत एकता नगर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । 

महामन्त्री सिंहले मसाल निकटका जनप्रतिनिधिका विरुद्ध अपनाइने त्यस प्रकारको चेतावनीलाई तुरुन्त फिर्ता लिन बिज्ञप्ती मार्फत नेकपालाई चेतावनी दिंदै त्यस प्रकारको कुनै कारवाही गरिएमा त्यसको कडा प्रतिरोध गर्ने चेतावनी समेत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह