२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली प्रदेशका सबै मन्त्रीहरुको सम्पत्ती सार्वजनिक, कसको कति ?

२३ जेष्ठ २०७५, बुधबार ०३:५६

जेठ २३, सुर्खेत । कर्णाली प्रदेशका सबै मन्त्रीहरुले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मंगलबार कर्णाली प्रदेशमा रहेका सात वटा मन्त्रालयहरुका मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको हो ।


७ लाख बैंक व्यालेन्स १० लाख कुखुरा ब्यवसायमा

१. महेन्द्रबहादुर शाही (मुख्यमन्त्री)

मुख्यमन्त्री शाहीको कालिकोटको पाँचलझरनामा अंशवण्डा नभएको ५ रोपनी जग्गा छ । श्रीमती चन्द्राकुमारी शाहीको नाममा कैलालीको टिकापुरमा २ लाखमा खरिद गरेको १६ हजार ९५० बर्गमिटर जमिन र पुख्र्यौली सुन ६ तोला र चाँदी दुइसय तोला मुख्यमन्त्रीको रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नवराज बरालले जानकारी दिए । उनले मुख्यमन्त्रीका नाममा खाता रहेको एभेरेष्ट बैंकमा २ लाख र बाणिज्य बैंकमा ५ लाख रकम बचत रहेको खुलाएको बताए । यो रकम मुख्यमन्त्रीले तलबबाट आएको उल्लेख गरेका छन् । कृषि सहकारी संस्थाको संस्थापक सदस्य समेत रहेका शाहीले एक थान १० हजार र सुजो मल्टीप्रपोज प्रालिमा दशलाखमा एक थान शेयर लिएको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । प्रालीमा लगानी गरेको रकम तलव र व्यापारबाट आएको शाहीले खुलाएका छन् । मुख्यमन्त्रीले आफ्नो नाममा १५ लाखको मारुती कार र गाउँमा पाँच हजार कुखुरापालनमा १० लाख तथा तरकारी उत्पादनबाट २ लाख पाँच हजारको लगानी गरेको सम्पत्ती विवरणमा छ ।

१४ लाख नगद भएका मन्त्रीको ३३ लाख ऋण

२. प्रकाश ज्वाला (मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री)

सल्यान स्थायी घर भएका प्रदेश अर्थमन्त्री ज्वालाको वंगाड कुपिण्डे नगरपालिकामा भाई बलबहादुर साहुको नाममा १५ सय वर्गमिटर र बर्दिया बाँसगढीमा आमा टिकी साहुको नाममा एक लाखमा खरिद गरेको १३ धुर जग्गा पुख्र्यौली सम्पत्ती भएको खुलाएका छन् । तर ज्वालाको नाममा काठमाडौं महानगरपालिका–१६ मा १५ लाखमा ८ सय वर्गमिटर चलअचल सम्पत्ती रहेको उल्लेख गरेका छन् । यस्तै ज्वालाकै नाममा शारदा नगरपालिका–३, दाङको तुल्सीपुर र घोराहीमा पनि जग्गा रहेको विवरणमा खुलाएका छन् । उनले यो जग्गा पारिश्रमिकबाट किनेको खुलाएका छन् । ज्वालाको नाममा राष्ट्रिय बाणिज्य, कृषि विकास र एभरेष्ट बैंकमा १४ लाख ६० हजार नगद तथा ३ तोला सुन र १० तोला चाँदी छ ।  २३ हजार तीनसय शेयर संख्या लिएका ज्वालाले आफू र छोराको नाममा ५० लाख ६५ हजार शेयर लागानी गरेका छन् । यो रकम  विभिन्न बैंक तथा ३३ लाख ५० हजार ऋण लिएको खुलाएका ज्वालाको नाममा एक ट्याक्टर, एक टिभी, एक ल्यापटप र ६ थान मोवाईल रहेको खुलाएका छन् । ज्वालाले गाउँमा २ भैंसी, २ गोरु र ४ बाख्रा रहेको समेत सम्पत्ती विवरणमा खुलाएका छन् ।

१५ तोला सुन देखि २ थान मोबाईल सेट सम्म

३. नरेश भण्डारी (मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री)

जुम्लाका प्रदेश गृहमन्त्री भण्डारीको नाममा एक लाख नगद रकम, १५ तोला सुन र १० तोला चाँदी रहेको सम्पत्ती विवरणमा छ । सुन र चाँदी पनि पैतृक सम्पत्ती रहेको भण्डारीले खुलाएका छन् ।  उनले जुम्लाको देपालगाउँमा बुवाको नाममा ७६ हजार वर्गमिटर पैतृक सम्पत्ती रहेको उल्लेख गरेका छन् । भण्डारीले आफूसंग २ थान मोवाइल र एउटा मोटरसाईकल भएको विवरणमा छ ।

१६ धुर जग्गा र एक लाख बैंक व्यालेन्स भएका मन्त्री

४.दल रावल (मन्त्री, सामाजिक विकास मन्त्री)

हुम्ला घर भएका समाजिक विकास मन्त्री रावलले श्रीमती अनिता रावलको नाममा बाँकेको नेपालगञ्ज र हुम्लाको सिमिकोटमा ५१ लाखको २÷२ तले घर पारिश्रमिबाट बनाएको खुलाएका छन् । तर मन्त्री रावलको नाममा वीरेन्द्रनगरमा २५ लाखको १६ धुर जग्गा खरिद गरेका छन् । हुम्लाको सार्केगाडमा ५० लाखको २५ रोपनी पुख्र्यौली जग्गा रहेको रावलले खुलाएको विवरणमा छ । यस्तै, रावलले विभिन्न समयमा १० लाखमा खरिद गरेको ५५ तोला सुन र १५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । मन्त्री रावलको नाममा एक लाख ५३ हजार बैंक रकम र श्रीमतीका नाममा २६ लाख ६५ हजार रकम रहेको छ । यो रकम मन्त्रीले विविधबाट र श्रीमतीको नाममा रहेको उनको पारिश्रमिक र ओभरड्राफको हो । रावलको पैतृक सम्पत्तीमा भैंसी ३, गाई–गोरु ११ र भेडा–बाख्रा ४५ ओटा रहेको सम्पत्ती विवरणमा उल्लेख छ ।

आफ्नो नाममा सुनै नभएकी मन्त्री

५. विमला केसी (मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री)

रुकुमको सिम्ली र दाङमा पुख्र्यौली जग्गा बाहेक सुन नभएको मन्त्री हुन विमला केशी । उनको नाममा विभिन्न ठाउँमा ९ ओटा कित्ता रहेको जग्गा भएपनि यो पैतृक सम्पत्ती भएको उल्लेख गरेकी छन् । ग्लोबल आईएमई बैंकमा खाता भएपनि मन्त्री केसीका नाममा एक रुपैया नभएको सम्पत्ती विवरणमा उल्लेख छ । पिपुल्स इनर्जीको संस्थापक रहेकी केशीको शेयर १ लाख ५० हजारको छ । उनले यो रकम विभिन्न व्यवसाय तथा बौद्धिक श्रमबाट कमाएको खुलाएकी छन् ।

बैंक ब्यालेन्स नभएका मन्त्री

६.नन्दसिंह बुढा (मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री)

डोल्पाका मन्त्री बुढा बैंक ब्यालेन्स नभएका मन्त्री हुन् । उनको नाममा सिटिजन्स र नेपाल बैंक लिमिटेडका दुई बैंक खाता छन् । दुवै बैंकमा बैंक ब्यालेन्स छैन् । उनले खुलाएको सम्पत्ती विवरणमा डोल्पाको ठूलोभरीमा पैतृक सम्पत्तीमा जग्गा छ । चल सम्पत्तीमा बुढाले १५ तोला सुन र १ किलो चाँदी रहेको खुलाएका छन् । मन्त्री बुढाको नाममा गाई, घोडा, भेडा र बाख्रा गरी २५ ओटा पुख्र्यौली सम्पत्ती बाहेक अरु सम्पत्ती नभएको विवरणमा उल्लेख गरेका छन् ।

धनगढीदेखी भक्तपुरसम्म जग्गा भएका मन्त्री

७.खड्कबहादुर खत्री (मन्त्री, भौतिक पूर्वाधार मन्त्री)

प्रदेश ७ को धनगढीदेखी प्रदेश ३ को काठमाडौंसम्म जग्गा भएका मन्त्री हुन् खत्री । उनले खुलाएको सम्पत्ती विवरणमा श्रीमती पुष्पा खत्रीको नाममा धनगढीमा एक विगाह ७ कठ्ठा र  मन्त्रीकै नाममा भक्तपुरको चाँगुनारायण नगरपालिकामा जग्गा छ । श्रीमतीको नाममा ३ कित्ता र आफ्नो नाममा ९ कित्ता जग्गा रहेको मन्त्री खत्रीले उल्लेख गरेका छन् । तर उनले यो जग्गा विभिन्न बैंकहरुबाट ऋण तथा व्यवसायीक आर्यआर्जनदेखी खरिद गरेको खुलाएका छन् । मन्त्रीसंग २१ तोला सुन र एक किलो चाँदी छ । विभिन्न बैंकहरुमा मन्त्री र उनको श्रीमतीको नाममा ७५ लाख बैंक मौज्दात छ । नीजि विद्यालय, सहकारी, र प्रा.लि.मा ३ लाख २१ हजार २२१ शेयर संख्यामा ११ करोड ७६ लाख ७१ हजार तथा १ लाख ४६ हजार तीनसय पब्लिक शेयरमा ९ करोड ५० लाख ५३ हजार लगानी गरेका छन् । निर्माण व्यवसायी समेत रहेका मन्त्री खत्रीको प्रदिप कन्स्ट्रक्शन सेवा नाममा ३ जीप, ३ मोटरसाईकल, ८ स्काभेटर, ८ ट्रिपर लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य