२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ: अर्थमन्त्री खतिवडा

२०७५, २३ जेष्ठ बुधबार ०९:०८

जेठ २३, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज यहाँ आयोजना गरेको काठमाडौँको निजी आवास पुनःनिर्माणमा भइरहेको ढिलाइका विषयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको गोष्ठी उद्घाटन गर्नुहुँदै उहाँले सरकारले पहिलो प्राथमिकता निजी आवास पुनःनिर्माणलाई दिएको बताउनुभयो । 

“दाताबाट ऋण लिएर पीडितलाई अनुदानका रुपमा बाँडी लोककल्याणकारी राज्यको काम गरिएको छ, घर भत्केपछि भूकम्पपीडितले आफ्नो दायित्व शून्यमा झार्नु हुन्न, सरकारले अनुदानलगायत सहयोग गरेकाले पुनःनिर्माणमा घरधनीले नै अग्रसरता लिनु जरुरी छ, घर तयार पार्ने जिम्मेवारी पीडितकै हो”–उहाँले भन्नुभयो । 

सरकारले एक दशक अघिदेखि शुरु गरेको जनता आवास कार्यक्रममा एक लाख घर बनाउने लक्ष्य राख्दा एक हजार घर बनेका उदाहरण प्रस्तुत गर्नुहुँदै मन्त्री खतिवडाले पुनःनिर्माणका क्रममा आइपरेका समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताउनुभयो । 

पुनःनिर्माणका लागि दिने भनिएको सहुलियत दरको ऋणको प्रक्रिया सहज बनाउन नेपाल राष्ट्र बैंक र प्राधिकरणले मापदण्ड बनाउनुपर्ने उहाँले बताउनुभयो । उपत्यकाको पुनःनिर्माणमा काठको समेत समस्या रहेको गुनासो आएकाले समाधान हुनुनपर्ने मन्त्री खतिवडाको भनाइ थियो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले उपत्यकामा एक लाख दुई हजार घर बन्नुपर्नेमा १० हजार पुनःनिर्माण भइसकेका र २५ हजार बन्न शुरु भएको तथ्यांक प्रस्तुत गर्नुभयो । 

“उपत्यकामा १५ हजारले सम्झौता गर्न बाँकी छ, पुनःनिर्माणमा जग्गा स्वामित्व, निर्माण सामग्रीको अभाव जस्ता समस्या छन्, समस्या समाधानका लागि जनप्रतिनिधिको सुझाव लिन कार्यक्रम आयोजना गरिएको हो”–उहाँले भन्नुभयो । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भूकम्पले क्षतिग्रस्त मालपोत कार्यालय छिटो पुनःनिर्माण नगर्दा जग्गाको श्रेस्तालगायत कागजात नष्ट हुनसक्ने समस्या देखिएको बताउनुभयो । 

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दरराज वैद्यले लाभग्राहीले अनुदान पाउने लामो प्रक्रिया, नगरपालिकाका इञ्जिनियरले जाँच गरिसकेपछि प्राधिकरणबाट खटिएकाले दोहोर्याएर जाँच गर्ने झन्झटिलो प्रक्रिया रहेकाले सहज बनाइनुपर्ने बताउनुभयो । 

सो अवसरमा प्राधिकराणका प्रवक्ता कृष्णप्रसाद दवाडी, सहप्रवक्ता मनोहर घिमिरेले हालसम्म भएको पुनःनिर्माणको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै एक लाख ६१ हजार घर बनेको तथ्यांक पेश गर्नुभयो । 

कागेश्वरी मनोहरा र दक्षिणकाली नगरपालिकाका प्रमुख क्रमशः कृष्णहरि थापा र मोहन बस्नेतले वास्तविक भूकम्पपीडित अझै लाभग्राही सूचीमा सूचीकृत हुननसकेको बताउनुभयो । 

सरकारले आगामी आर्थिक वर्षमा पुनःनिर्मााणका लागि रु एक खर्ब ५१ अर्ब बजेट विनियोजन गरी निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सो अवसरमा जानकारी गराइयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन