जेठ २३,काठमाडौैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्दतीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २३,काठमाडौैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्दतीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयम"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सांसदले फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’ :गणेश तिमिल्सिना

२०७५, २३ जेष्ठ बुधबार १२:१२

जेठ २३,काठमाडौैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्दतीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाकाबारे जानकारी दिन बुधबार संसद भवन वानेश्वरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उद्घाटनमा बोल्दै उहाँले सांसदलाई कानुन निमार्णमा सक्रिय बनाउन जनताका अन्य कामलाई सरकारले सहजिकरण गरिदिनुपर्ने बताउनुभएको हो ।

‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र भ¥याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस् ।’ उहाँले जनताको काम बोकेर आउने सांसदको काम एकै ठाउँबाट हुन सकेमा सुशासनको नमुना त्यही हुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार धेरै कानुन बन्न बाँकी रहेको बताउँदै कानूनको मस्यौदा समयमा तयार नपारेर संसद र सांसदले अपजस खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्नुभयो ।त्यसैगरी सदन नचलेको समयमा चाहिएका पुस्तक पढ्न पाउने सुबिधा भएकाले सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई सुझाव दिनुभयो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा चल्ने दुई दिने अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सहभागिता रहेको छ । 

अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माणलगायतका विषयमा प्रस्तुति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन