२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई

२०७५, २५ जेष्ठ शुक्रबार १२:४७

जेठ २५, तनहँु |नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताउनुभएको छ । 

बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मिडिया बलियो भइसके, मिडियाले गर्दा अब कसैले चाहँदैमा लोकतन्त्र खोस्न सक्दैनन् । सरकारले नचाहेको कुरा जनताले चाहेका हुन सक्छन् त्यस्तो अवस्थामा मिडियाले सरकारको आँखा खोलिदिन सक्नुपर्छ ।” 

बहुलवादमा आधारित संघीयता उचित भएको बताउँदै नेता पौडेलले अब अन्य शासन प्रणाली स्थापना गर्न नभई प्राप्त अधिकारको सदुपयोग गरी समृद्धिको बाटामा लाग्नुपर्ने बताउनुभयो । 

अकोराबका अध्यक्ष सुवास खतिवाडाले दुर्गम ठाउँम नाफा नहुने हुँदा निजी रेडियो अन्यन्त न्यून संख्यामा सञ्चालन गरिएको छ भन्दै समुदायलाई सुुसूचित गराउन सामदायिक रेडियोको ठूलो भूमिका खेलेको बताउनुभयो । सो अवसरमा प्रदेश नं. ४ मा पहिलो पटक सामुदायिक रेडियो स्थापना गर्ने पोखरास्थित हिमचुली एफएमका अध्यक्ष इञ्जिनीयर लेखबहादुर गुरुङलाई कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो |(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन