२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपान्तरित माओवादी केन्द्रको नीति- सिमानामा काडेतार, बलात्कारीलाई मृत्युदण्ड (पूर्ण पाठ)

२०७५, ३० जेष्ठ बुधबार ०९:१९

जेठ ३०, काठमाडौं । रुपान्तरण सहितको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेको छ । प्रचण्ड नेतृत्वले माओवादी केन्द्र छाडेपछि त्यसैलाई निरन्तरता दिने भन्दै अध्यक्ष गोपाल किराँती सहित माओवादी केन्द्रको ५ पदाधिकारी सहितको प्रारम्भिक केन्द्रीय समिति समेत निर्माण भएको छ । 

माओवादी केन्द्रको बरियतामा अध्यक्षमा गोपाल किराती छन् भने क्रमश उपाध्यक्ष भविश्वर पराजुली, उपाध्यक्ष तीलक थापा मगर, महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ र सचिवमा राजन तिम्सिना रहेका छन् । 

केन्द्रले मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकको जानकारी दिन बुधबार पत्रकार समेल्लन गर्दै प्रचण्डले पार्टी छाडेर तात्कालिन एमालेमा प्रवेश गरेको भन्दै पार्टीलाई निरन्तरता दिने निर्णय लिएको जनाएको छ । अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरण सहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागि परिरहेको बताएका हुन् ।

उनले भने,‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालिन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुननिर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बाोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं ।’

किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बद्लीएको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए । उनले भने,‘प्रचण्ड र बाबुराम अन्तीममा आएर पुँजीवादी गणतन्त्र तिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षमा छौं ।’ अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउने र बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने नीति सहित आफ्नो पार्टी अगाडी बढेको बताए । त्यस्तै पार्टीको अध्यक्षले प्रधानमन्त्री तथा मन्त्री पदमा बस्न नपाउने नीति पनि आफ्नो पार्टीले लिएको जानकारी दिए । 

तल हेर्नुहोस् – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्धारा जारी प्रेस विज्ञप्तीको पूर्णपाठ

प्रेस विज्ञप्ति

पत्रकार साथीहरु

महान जनयुद्धद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा माओवादी केन्द्र, महाधिवेशन आयोजक समितिका उपलब्ध सदस्यहरुको बैठक बसी निम्न निर्णय गरियो । खासगरी श्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले पार्टी परित्याग गरी गएको स्थितिले रुपान्तरण सहितको नेकपा माओवादी केन्द्रको निरन्तरता ऐतहासिक एवं वस्तसगत आवश्यकताको आधारमा बैठक बस्नु परेको स्पष्ट गर्दछौं ।

राष्ट्रियता, जनवाद र जनजिविकाबारे

१. भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवाद र भारतीय विस्तारवाद विरुद्ध राष्ट्रिय प्रतिरोध क्रान्तिको तयारी गर्न आम जनसमुदायमा अभियान सञ्चालन गर्ने ।

२. भारतीय प्रधानमन्त्रीको भ्रमणको बहानामा नेपाली सुरक्षाकर्मीको अपमान गर्दै नेपाललाई भारतीय फौजको खेल मैदान बनाउने राष्ट्रिय अपराध गरेकोमा संसदवादी नेकपाको सरकारले सार्वजनिक माफी माग्नु पर्छ ।

३. प्रवेशाज्ञाको व्यवस्था अघि एक स्थानीय तहमा एक भन्सार नाका खुला गरी नेपाल–भारत सीमानामा अग्लो पर्खाल वा काँडेतारको व्यवस्था गर्नुपर्छ ।

४. विप्लव नेकपा विरुद्धका मुद्दाहरु सरकारले खारेज गर्नुपर्छ र विप्लल नेकपा वार्तामा आउनु पर्छ । विप्लव नेकपा नेताहरुलाई अनावश्यक धरपकड बन्द गर्नुपर्छ ।

५. प्रदेशहरुको नामाकरण गर्दा ऐतिहासक एवं सामुदायिक पहिचानको आधारमा गर्नुपर्छ ।

६. विनाशकारी भूकम्प गएको चौथो वर्ष लाग्दा समेत पीडितहरुले राहत पाएका छैनन् । समृद्धिको नारा दिने सरकारले प्रत्येक भूकम्प पीडीत परिवारलाई ५ लाख रुपैया राहत दिनु पर्छ ।

७. चरम महंगी विरुद्ध राष्ट्रिय संकटकाल घोषणा गरी श्रमिक तथा गरिब जनतालाई विशेष राहत उपलब्ध गराइयोस् ।

८. किसानलाई विना भन्सार कृषि औजार खरिदको व्यवस्था गरियोस् । मल विउ, औषधी सहुलियत दरमा उपलब्ध गराइयोस् । ६० वर्ष पुगेका किसान र लगातार २० वर्ष व्यवासयिक खेती गर्ने किसानलाई मासिक ५ हजार पेन्सन व्यवस्था गरियोस् ।

९. सीमाना रक्षा तथा भ्रष्ट्राचार र महंगी विरुद्ध अभियान सञ्चालन गर्ने ।

१०. तुरुन्त कानून बनाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास तथा खाद्य सम्प्रभुताको संवैधानिक मौलिक अधिकार लागू गर्न संसद एवं सरकारलाई दवाव दिने ।

११. गणतन्त्र स्थापनामा ऐतिहासिक योगदान गर्ने शहिद परिवार तथा पूर्व जनसेनाका कमरेडहरु प्रत्येकलाई १० हजार गणतन्त्र भत्ता उपलब्ध गराइयोस् ।

राजनीतिक तथा संगठनबारे

१) बैठकका अध्यक्ष क. गोपाल किरातीद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम शीर्षक प्रतिवेदन छदलफल र थपघट सहित पारित गरियो । प्रतिवेदनको सारांशः

क) माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिने ।

ख) पार्टी एकताको १३ बुँदे पत्रका आधारमा खोज अनुसन्धानद्वारा आगामी महाधिवेशनबाट समाजवादी क्रान्तिको राजनीतिक कार्यनीति संश्लेषण गर्ने ।

ग) वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपभोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने ।

घ) सर्वहारा वर्गको अग्रदस्ता सुढुदीकरणको लागि पार्टी प्रमुख सहितको एक टोली सत्ता÷सरकारमा जानु हुँदैन । जानु पर्ने स्थिति उत्पन्न भएमा पार्टी प्रमुखबाट राजिनामा दिएर जानु पर्दछ ।

ङ) क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको बृहत अभियान संचालन गर्ने ।

च) पूँजीवादी गणतन्त्र स्थापनासम्म क्रान्तिकारी भूमिका खेलेका श्री प्रचण्डहरु त्यसपछि भने प्रतिक्रान्तिकारी कित्तामा पलायन भएको ठहर गरियो ।

२) विचार, भावना र इतिहासको निरन्तरताका लागि संसदवादी नेकपाबाट विद्रोह गरी नेकपा माअ‍ोवादी केन्द्रमा जुट्ने क्रम उत्साहजनक छ । यसलाई अझ ब्यापक र सशसक्त तुल्याउँदै रुपान्तरण सहितको सगठन विस्तार र सुदृढीकरणमा डट्ने तीन अभियानको कार्ययोजना निर्माण गरियो ।

३) महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई नै निरन्तरता दिइएको छ । जस अनुसार निम्न पदाधिकारी रहेको कार्यालय गठन गरियो ।

क) अध्यक्ष क. गोपाल किराती ‘साइला’

ख) उपाध्यक्ष क. भविश्वर पराजुली

ग) उपाध्यक्ष क तीलक थापा मगर

घ) महासचिव क. कर्णजीत बुढाथोकी ‘सुशील’

ङ) सचिव क. राजन तिम्सिना

४) प्रेश ३ केन्द्रीय कार्यालय हेर्नेछ भने प्रदेश १ क. तिलक थापा, प्रदेश २ क. राजन तिम्सिना प्रदेश ४ र ५ को भविष्श्वर पराजुली तथा प्रदेश ६ ७ क. कर्णजीत बुढाथोकीले इन्चार्जसीप गर्ने ।

५) अरु कार्य विभाजन विभिन्न समूहबाट धु्रवीकरणमा आउने कमरेडहरुको सन्तुलन हुने गरी ब्यापक गृहकार्यद्वारा कार्यालयले निर्णय र परिपत्र गर्नेछ ।

अन्त्यमा पत्रकार साथीहरु मार्फत आम जनसमुदायलाई आह्वान गर्दछौं कि नेकपा माअ‍ोवादी केन्द्रलाई सहयोग गर्नुहोस्, माओको निधनपछिको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र प्रचण्डहरुको पलायनपछि नेपाली कम्युनिष्ट आन्दोलनले उठाएका अहम प्रश्नहरुको जवाफ हामी खोजि निकाल्ने प्रतिज्ञा गर्दछौं ।

गोपाल किराती

अध्यक्ष

नेकपा माओवादी केन्द्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन