सरकारले पेट्रोलियम पदार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरकारले पेट्रोलियम पदार"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नेपाल विधार्थी संघ नुवाकोटद्वारा प्रधानमन्त्रीको पुत्लादहन

२०७५, ३० जेष्ठ बुधबार ११:३१

जेठ ३० काठमाण्डौ | कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विधार्थी संघ नुवाकोटले आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ |


सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गराएको तर नियन्त्रणमा गम्भीर नभएको भन्दै नेपाली विद्यार्थी संघले देशभर बिरोध प्रदर्शनको क्रममा नुवाकोटमा पनि प्रधानमन्त्रीको पुत्ला दहन गराएर बिरोध गरेको छ । 

नेविसंघ साविक क्षेत्र नं. ३ को आयोजनामा विदुर स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निकालिएको बिरोध र्यालीले विदुरको विभिन्न स्थानको परिक्रमा गर्दै बिरोध प्रदर्शन गरेको  क्षेत्रीय सभापति बिजय गुरुङले बताए। 


बिरोध र्यालीको क्रममा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिनको लागी धरकपड गरेपछि विभिन्न स्थानमा तीन वटा पुत्ला जलाइएको छ । प्रहरीको धरकपड एवं दबाबका बीच विभिन्न स्थानबाट निकालेको बिरोध र्यालीले ‘खोक्रो राष्ट्रवाद, जनतालाई बाढेका झुट्टा आश्वासन र भ्रमको खेतीले गठन भएको अहिलेको सरकारले सर्वसत्तावाद र अधिनायकवाद अवलम्बन गर्दै दैनिक उपभोग्य सामाग्रिको मूल्यबृद्धि गरेको भन्दै फिर्ता लिनको लागी गम्भीर हुन सरकारलाई आह्वान गरेको छ । नेविसंघले बिरोध र्यालीमा हस्तक्षेप गरको भन्दै प्रहरी र मूल्य बृद्धि गर्ने सरकार विरुद्ध कडा नारा लगाएर माग पूरा नभए आन्दोलन अझै कडा पार्दै लैजाने बताएका छन् । 

बिरोध र्याली तथा पुत्ला दहनको समापनमा काँग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेविसंघका जिल्ला अध्यक्ष उत्तम पाठक, महिला नेतृ गिता अमात्य लगाएतको उपस्थिती थियो | वर्तमान सरकारले सर्वसाधारण जनतालाई प्रत्यक्ष असर गर्ने गरी कमिसनको खेलमा दैनिकी उपभोग्य सामाग्रिको भाउ अत्याधिक बढाएको, इन्धनको मूल्य पटक पटक बृद्धि गरेकोले माघ सुनुवाई नभएसम्म  चरणबद्ध आन्दोलन जारी राख्ने नेविसंघ जिल्ला कोषाध्यक्ष स्वेच्छा उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन