सरकारले पेट्रोलियम पदार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरकारले पेट्रोलियम पदार"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नेपाल विधार्थी संघ नुवाकोटद्वारा प्रधानमन्त्रीको पुत्लादहन

३० जेष्ठ २०७५, बुधबार ११:३१

जेठ ३० काठमाण्डौ | कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विधार्थी संघ नुवाकोटले आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ |


सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गराएको तर नियन्त्रणमा गम्भीर नभएको भन्दै नेपाली विद्यार्थी संघले देशभर बिरोध प्रदर्शनको क्रममा नुवाकोटमा पनि प्रधानमन्त्रीको पुत्ला दहन गराएर बिरोध गरेको छ । 

नेविसंघ साविक क्षेत्र नं. ३ को आयोजनामा विदुर स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निकालिएको बिरोध र्यालीले विदुरको विभिन्न स्थानको परिक्रमा गर्दै बिरोध प्रदर्शन गरेको  क्षेत्रीय सभापति बिजय गुरुङले बताए। 


बिरोध र्यालीको क्रममा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिनको लागी धरकपड गरेपछि विभिन्न स्थानमा तीन वटा पुत्ला जलाइएको छ । प्रहरीको धरकपड एवं दबाबका बीच विभिन्न स्थानबाट निकालेको बिरोध र्यालीले ‘खोक्रो राष्ट्रवाद, जनतालाई बाढेका झुट्टा आश्वासन र भ्रमको खेतीले गठन भएको अहिलेको सरकारले सर्वसत्तावाद र अधिनायकवाद अवलम्बन गर्दै दैनिक उपभोग्य सामाग्रिको मूल्यबृद्धि गरेको भन्दै फिर्ता लिनको लागी गम्भीर हुन सरकारलाई आह्वान गरेको छ । नेविसंघले बिरोध र्यालीमा हस्तक्षेप गरको भन्दै प्रहरी र मूल्य बृद्धि गर्ने सरकार विरुद्ध कडा नारा लगाएर माग पूरा नभए आन्दोलन अझै कडा पार्दै लैजाने बताएका छन् । 

बिरोध र्याली तथा पुत्ला दहनको समापनमा काँग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेविसंघका जिल्ला अध्यक्ष उत्तम पाठक, महिला नेतृ गिता अमात्य लगाएतको उपस्थिती थियो | वर्तमान सरकारले सर्वसाधारण जनतालाई प्रत्यक्ष असर गर्ने गरी कमिसनको खेलमा दैनिकी उपभोग्य सामाग्रिको भाउ अत्याधिक बढाएको, इन्धनको मूल्य पटक पटक बृद्धि गरेकोले माघ सुनुवाई नभएसम्म  चरणबद्ध आन्दोलन जारी राख्ने नेविसंघ जिल्ला कोषाध्यक्ष स्वेच्छा उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य