२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

२०७५, ३१ जेष्ठ बिहीबार ११:००

जेठ ३१, काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्कनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपाल र मंगोलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । 

समझदारीपत्रमा आफू र आफ्ना मंगोलियाली समकक्षी दामदिन सोटाबाटरले हस्ताक्षर गरेको जानकारी दिँदै उहाँले मंगोलियाका राष्ट्रपतिसँग शिष्टाचार भेट गरेको बताउनुभयो । 

गत मंगलबार सम्पन्न थिंक ट्यांकको सम्मेलनले भूपरिवेष्टित विकासशील मुलुकहरुमा प्रत्यक्ष वैदेशिक लगानी तथा आर्थिक विविधीकरण, सूचना तथा सञ्चार प्रविधिसहितको सम्पर्क विस्तार, पूर्वाधार निर्माण, पारवहन यातायात मार्ग र व्यापार सहजीकरणलाई जोड दिएको मन्त्री ज्ञवालीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन