१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

योगेश भट्टराईको प्रश्न:- काँग्रेसलाई यति धेरै छटपटी किन भइरहेको छ ?

१ असार २०७५, शुक्रबार ०८:४८

असार १, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाउनुभयो । 

नेता भट्टराईले भन्नुभयो, “काँग्रेसलाई यति धेरै छटपटी किन भइरहेको छ । त्यो बुझ्न सकिएको छैन । विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत छ ।” सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कोही कसैले पनि आपत्ति गर्नु नपर्ने उहाँको भनाइ थियो । 

नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताउनुभयो । 

नेकपाका स्थायी समिति सदस्य पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको बताउँदै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

उहाँले सकारात्मक सन्देश प्रवाह गर्ने र जनतामा आशावादको सञ्चार जगाउनेखालको समाचार सामग्री प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा नेकपाका केन्द्रीय सदस्यहरू महेश्वर दाहाल, ओम शर्मा, विष्णु रिजालले प्रेस सेन्टर र प्रेस चौतारीको एकता र सक्रियताका लागि शुभकामना दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित