१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशासन र विकासको यात्रामा अगाडि बढ्न प्रधानमन्त्री ओलीको आग्रह

१ असार २०७५, शुक्रबार १०:५२

असार १, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुँदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गर्नुभएको छ । 

“स्थानीय निकाय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भई नयाँ राजनीतिक यात्रामा देश अगाडि बढिरहेको छ, अब सबै मिलेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न म आग्रह गर्छु ।” उहाँले भन्नुभयो । 

नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ घर जग्गा मेला (प्रोपर्टी एक्स्पो) आज यहाँ भृकुटीमण्डपमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि सरकारले सबैसित मिलेर काम गर्न चाहेको बताउनुभयो । 

उहाँले असुरक्षित बस्ती तथा आवास हटाई शिक्षा, स्वास्थ्य, खानेपानी सबैको सुविधा भएको गाउँ तथा शहर निर्माणमा सरकारले ध्यान दिएको चर्चा गर्दै पुष्पलाल राजमार्ग तथा हुलाकी राजमार्गलगायतका राजमार्गमा विभिन्न स्थानमा शहरको विकास गर्न लागेकाले यसमा सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “कछुवाको गतिमा रहेको जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी छ, खेतीयोग्य उर्वर जमिनलाई मासेर घर बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्छ ।” 

काठमाडाँै उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक सुन्दरतालाई जोगाउँदै बढ्दो आवास निर्माणमा पुनःसंरचना गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । 

पाँचदिने सो प्रदर्शनीमा जग्गा तथा आवाससित सम्बन्धित घर तथा अपार्टमेन्ट, जग्गा योजना, विकास निर्माण सामग्रीका साथै भूकम्प प्रतिरोधी घर, विद्युतीय सामग्री, फर्निचर, पाइप, सजावटका सामान राखिनुका साथै बैंकिङ सेवा पनि उपलब्ध छन् । 

संघका अध्यक्ष इच्छाराज तामाङले जग्गा तथा आवासलाई व्यवस्थित बनाउन संघले काम गरिरहेको छ भन्नुभयो । महासचिव मीनमान श्रेष्ठ र सचिव विपिन चित्रकारले व्यवस्थित एवं आधुनिक बस्ती योजनालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित