असार ३,काठमाडौं  । संघीय संसदमा सांसदहरुले प्रधानमन्त्रीसंग सिधा प्रश्नोत्तर गर्न सकिने नियम कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले प्रतिनिधि सभा नियमावलीको दफा ५६ बमोजिम व्यवस्था कार्यान्वय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३,काठमाडौं  । संघीय संसदमा सांसदहरुले प्रधानमन्त्रीसंग सिधा प्रश्नोत्तर गर्न सकिने नियम कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले प्रतिनिधि सभा नियमावलीको दफा ५६ बमोजिम व्यवस्था कार्यान्वय"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा मिनेन्द्र रिजालको प्रश्न : प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम खै ?

३ असार २०७५, आईतवार ०६:१९

असार ३,काठमाडौं  । प्रतिनिधि सभामा सांसदहरुले प्रधानमन्त्रीसंग सिधा प्रश्नोत्तर गर्न सकिने नियम कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले प्रतिनिधि सभा नियमावलीको दफा ५६ बमोजिम व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीसंग सोध्नुपर्ने धेरै कुरा रहेको भन्दै उनले भने 'सांसदहरुले जनताको अधिकार संसदमा प्रयोग गर्न पाउने  प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुरु गरियोस ।'

प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने प्रावधान छ । प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था भएपनि कार्यान्वयन नभएको भन्दै सांसद रिजालले सभामुख मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।  सांसद रिजालले उठाएको प्रश्नलाई सम्वोधन गर्दै सभामुख कृष्णबहादु्र महराले रिजालले उठाएको प्रश्नप्रति गम्भीर ध्यानार्कण भएको बताए। सरकार समक्ष यस बारेमा ध्यानाकर्षण गराउने पनि उनले प्रष्ट पारे। कार्य व्यवस्थाको बैठकपछि यसलाई अघि बढाइने उनले बताए।

प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो  दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्न सक्ने उल्लेख छ ।

प्रतिनिधि सभा नियामावलीमा यस्तो छ व्यवस्थाः


आज प्रतिनिधि सभामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।सोहि अनुरुप अहिले संघिय संसदमा  प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफल  चलिरहेको  छ। 

यी मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल हुने भनिए पनि सत्तापक्षकै सांसदहरु आलोचनामा उत्रिएपछि बैठक आजका लागि सारिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित