असार ३,काठमाडौं  । संघीय संसदमा सांसदहरुले प्रधानमन्त्रीसंग सिधा प्रश्नोत्तर गर्न सकिने नियम कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले प्रतिनिधि सभा नियमावलीको दफा ५६ बमोजिम व्यवस्था कार्यान्वय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३,काठमाडौं  । संघीय संसदमा सांसदहरुले प्रधानमन्त्रीसंग सिधा प्रश्नोत्तर गर्न सकिने नियम कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले प्रतिनिधि सभा नियमावलीको दफा ५६ बमोजिम व्यवस्था कार्यान्वय"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा मिनेन्द्र रिजालको प्रश्न : प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम खै ?

२०७५, ३ असार आईतवार ०६:१९

असार ३,काठमाडौं  । प्रतिनिधि सभामा सांसदहरुले प्रधानमन्त्रीसंग सिधा प्रश्नोत्तर गर्न सकिने नियम कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले प्रतिनिधि सभा नियमावलीको दफा ५६ बमोजिम व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीसंग सोध्नुपर्ने धेरै कुरा रहेको भन्दै उनले भने 'सांसदहरुले जनताको अधिकार संसदमा प्रयोग गर्न पाउने  प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुरु गरियोस ।'

प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने प्रावधान छ । प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था भएपनि कार्यान्वयन नभएको भन्दै सांसद रिजालले सभामुख मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।  सांसद रिजालले उठाएको प्रश्नलाई सम्वोधन गर्दै सभामुख कृष्णबहादु्र महराले रिजालले उठाएको प्रश्नप्रति गम्भीर ध्यानार्कण भएको बताए। सरकार समक्ष यस बारेमा ध्यानाकर्षण गराउने पनि उनले प्रष्ट पारे। कार्य व्यवस्थाको बैठकपछि यसलाई अघि बढाइने उनले बताए।

प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो  दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्न सक्ने उल्लेख छ ।

प्रतिनिधि सभा नियामावलीमा यस्तो छ व्यवस्थाः


आज प्रतिनिधि सभामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ ।सोहि अनुरुप अहिले संघिय संसदमा  प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफल  चलिरहेको  छ। 

यी मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल हुने भनिए पनि सत्तापक्षकै सांसदहरु आलोचनामा उत्रिएपछि बैठक आजका लागि सारिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन