१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीः बलान विहुलमा गर्जिए राजपा नेता गगन

३ असार २०७५, आईतवार १६:१२

राम नारायण पंडित | असार ३, सिरहा | मधेशका अधिकार, पहिचान र सम्मानका लागि संघर्षरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका युवानेता अमित कुमार गोईत (गगन) ले संघिय सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् । राजपा नेपालले सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्षमा गगनलाई चयन गरेपछि संचारकर्मीसंग प्रतिक्रिया दिंदै उनले संघिय सरकारले राजपाबाट सांसदमा बिजयी भएका रेशम चौधरीलाई सपथग्रहण नगराई मधेशप्रति फेरी बेईमानी गरेको आरोप लगाए ।   

उनले संबिधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा जाने कुनै सम्भवना नरहेको बताए । संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुठमुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म पार्टी सरकारमा नजाने जिकिर गरे ।   

मधेसको माग सम्बोधन गर्न राष्ट्रिय आन्दोलनको खाँचो रहेको भन्दै उनले  त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । नयाँ संविधानमा मधेसी, थारु, आदिवासी जनजाति लगायतका जातजाति, वर्ग तथा क्षेत्रसँग विभेद भएको भन्दै उनले यसको समाधान आन्दोलनबाट मात्र सम्भव हुने बताए । 

राज्य सत्ता परिवर्तनको जिम्मा युवाहरुको कांधमा आएको बताउँदै उनले जनताको हातमा राज्य सत्ता नआएकोले क्रान्तिको जरुरी रहेको दाबी गरे । नेता गगनले राष्ट्रको मुल प्रवाह बनेर समाजवाद स्थापना गर्नमा युवाहरुलाई अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । 

बर्तमान अबस्थामा मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान नसकिने उल्लेख गर्दै नेता गगनले जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । उनले सिंहदरबारको अधिकार गाउँमा आएको भनिएपनि केन्द्र सरकारको कारणले अझै जनताले संघियताको स्वाद लिन नसकेकाले राजपाले मधेशको अधिकार लिएरै छाड्ने विश्वास व्यक्त गरे ।

मधेश आन्दोलनमा अहम भुमिका खेलेका नेता गगनले सप्तरीको नगरपालिका र गाउँपालिकाहरुमा संगठन मजबुत बनाउनका लागि कमिटी गठन प्रक्रियामा लागेको बताए । लामो समयदेखि राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह (यादव) संग राजनितिमा सक्रिय रहेका नेता गगनलाई बलान बिहुल गाउँपालिकाको अध्यक्षमा चयन गरेपछि राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बधाई सहित संगठनलाई थप सुदृढ बनाउन निर्देशन दिए ।

बिकासको हिसाबले जिल्लामै पछाडी रहेका बलान बिहुल गाउँपालिकामा भईरहेको बिकास निर्माणका कामहरुमा राजपाले खबरदारी गर्ने समेत नेता गगनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित