१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेकपा पर्वतको नेतृत्वका लागि दर्जन नेता आकांक्षी, को होला एकिकृत पार्टीको अध्यक्ष

४ असार २०७५, सोमबार ०२:२१


पर्वत /नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको नेतृत्व गर्न झण्डै एक दर्जन नेताहरुले आकाँक्षा देखाएका छन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको कुस्मामा बसेको पहिलो बैठकमा तत्कालिन नेकपा(एमाले) र माओबादी केन्द्रका पदाधिकारी देखि अन्य नेताहरु समेत आँकाक्षी देखिएका हुन । असार १४ गते सम्म जिल्लाले नेतृत्व चयन गरि प्रदेशमा पठाउने छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतको अध्यक्षका लागि तत्कालिन नेकपा(एमाले) पर्वतका अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुवँर, सचिब पदमपाणी शर्मा, उपसचिब गोबिन्द पहाडीले बैठकमा एकिकृत पार्टीको अध्यक्षमा आकाँक्षा राखेका थिए भने एमालेबाटै केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल र केन्द्रिय संघिय मामिला बिभागका सदस्य मेघनाथ सुबेदीलाई पनि नेतृत्वका लागि अघि सार्न थालिएको छ । तत्कालिन माओबादी केन्द्रबाट जिल्ला संयोजक सुदिप कुवँर, गगनबहादुर थापा(प्रदिप) केशब कुवँर(सृजनशिल) र सन्तबहादुर गुरुङ्ग(सबिन) आकाक्षी देखिएका छन ।

नेकपा पर्वतको इन्र्चाजमा तत्कालिन माओबादी केन्द्रका तर्फबाट केन्द्रिय सदस्य बनेका गुप्तबहादुर हमाल रहने संभावना बढी भएकाले जिल्ला अध्यक्ष तत्कालिन एमालेबाट हुने पक्कापक्की जस्तै छ । एमालेबाट अध्यक्ष बन्दा माओबादी केन्द्रका तर्फबाट सचिब बन्ने छन । तत्कालिन माओबादी केन्द्रका तर्फबाट एमालेको अध्यक्ष हुने कुरा पक्का पक्की जस्तै भएकाले सचिबमा आफ्नो तर्फबाट नेता पठाउने छन । एमाले र माओबादी दुबैका कमिटी भंग भैसकेकाले तत्कालका लागि केन्द्रिय सदस्य गुप्तबहादुर हमालको संयोजकत्वमा जिल्ला संयोजन समिति कायम रहेको छ भने दुबै पार्टीका पुर्व पदाधिकारीहरु समेत जिल्ला सदस्यको रुपमा रहेका छन ।

नेकपाको जिल्ला कमिटी ७५ सदस्यीय बनाउन प्रदेशले परिपत्र गरेपनि जिल्लामा नेतृत्व समायोजनमा समस्या देखिने भएपछि १ सय २५ सदस्यीय कमिटि बनाउन केन्द्रमा माग गर्ने निर्णय भएको छ । तत्कालिन एमालेकै ७५ सदस्यीय जिल्ला कमिटी छ भने तत्कालिन माओबादी केन्द्रको ४ सय ५८ जनाको जिल्ला समिति छ । माओबादी केन्द्रको तत्कालिन केन्द्रिय महाधिबेशन आयोजक समितिमा नै जिल्लाबाट २८ जना सदस्य छन । जिल्लामा नेतृत्व ब्यबस्थापन गर्न सहज होस भनेर कमिटी सदस्य थप गर्न माग गर्ने निर्णय भएको केन्द्रिय सदस्य गुप्तबहादुर हमालले जानकारी दिए ।

यसैबिच उक्त बैठकले तत्कालिन नेकपा(एमाले)को जिल्ला कार्यालयलाई एकिकृत पार्टीको जिल्ला कार्यालय बनाउने तथा तत्कालिन माओबादी केन्द्रको जिल्ला कार्यालयलाई जनसंगठनहरुको कार्यालय बनाउने निर्णय गरेको छ । पालिका र वडा तहका कमिटीको एउटै कार्यालय र बोर्ड राख्न निर्देशन दिने निर्णय पनि गरेको जिल्ला नेता गोबिन्द पहाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित