२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हामीले एउटा लडाई हारेका हौँ, मैदान होइन: देउवा

२०७५, ५ असार मंगलवार १३:२१

असार ५, हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युष्टिहरुको सरकारले एक दलिय तानासाही लाद्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्टिय भेलालालाई आज हेटौंडामा उद्घाटन गर्दै उहाँले केपी ओलीको राष्ट्रबाद अहिले लम्पसारबादमा परिणत भएको बताउनुभयो । अब काग्रेसका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु कमजोर मानसिकता भन्दा पनि उच्च् मनोबलका साथ काम गर्नका लागि उहाँले निर्देशन दिनुभएको छ । उहाँले बितेको चुनाबको समिक्षा गर्दै भन्नुभयो–हामीले एउटा लडाई हारेका छौ । मैदान हारेका छौनौ । यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरु नेपाली काग्रेसका आदर्शवाट निर्देशित छन । र यो संविधानको सफल कार्यान्वयनपनि हामीलेनै गरेका छौ । 

यस अर्थमा हाम्रो बिचार जितेको छ । तसर्थ म साथीहरुलाई कमजोर मानसिकता होईन उच्च मनोबलका साथी अगडी बढ्न आव्हान गर्दछु ।’

पार्टी भित्र नै केही असतुष्टि अभिव्यक्त हुने गरेको बताउँदै उहाँले भन्नुभयो–कतिपय कुराहरुलाई मैले  स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन । पछिल्लो समयमा संविधानको निर्माण र कार्यान्वयन प्राथमिकताका विषय भएको हुदा मेरो र पार्टीको सम्पूर्ण ध्यान र उर्जा त्यस तर्फ केन्द्रीत भयो । तसर्थ केहि काम गर्न ढिलाई भएपनि महत्वपूर्ण काम अगाडी बढेका छन । नेपाली कांग्रेसले ठूला ठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र साना साना आग्रह पूर्वाग्रह राखि जानी नजानी आफैले प्राप्त गरेका उपलब्धि अवमूल्यन हुने गरि हामी प्रस्तुत हुने कार्य गरि रहेका त छैनौ ? यसमा सबैको ध्यान जान जरुरी छ ।’

सभापति भेलामा भाबुक हुँदै काग्रेश सभापति देउवाले भन्नुभयो– मेरा लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय बस्तु अरु केहि छैनन । बाल्यकाल देखि अहिले सम्म मेरो जिवन यसैमा समर्पीत छ र बाँकि जिवनपनि यसै उदेश्यकालागि समर्पित रहने छ ।’अहिले मुलुक थप संकटमा परेको उहाँले बताउनुभयो । कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुनै नसक्ने उहाँको भनाई छ । कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै भएको बताउँदै उहाँले सरकार सर्वसत्तावादी चरित्र तर्फ उन्मुख भएको बताउनुभयो । अहिलेको अबस्थामा गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको उहाँको दाबि छ । मूल्य बृद्धिले जनता आक्रान्त बनेकोमा चिन्ता ब्यक्त गर्दै उहाँले भन्नुभयो– सरकारको व्यवहार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयता तर्फ उन्मुख छ । केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको छ । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारीपनि हाम्रो काधमा आएको छ ।’

आफ्नो प्रयाशबाट निर्माण गरेको यो संविधानको संरक्षण गरी देशलाई शान्ति र प्रगतिको वाटोमा लैजाने हाम्रो लक्ष्य रहेको सभापति देउवाले बताउनुभयो । कांग्रेसले सबै ठाउमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने यहाँको भनाई छ । अब एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसलेनै यी जिम्मेवारी बहन गर्न सक्ने भएकाले यस बारेमा म स्वयं गम्भीर छु भएको र  सबै नेता साथीहरुलाई गम्भीर हुन आग्रह गर्नुभयो । 

संविधानले राज्यको शासकिय प्रबन्धमा परिवर्तन गरेको बताउँदे उहाँले भन्नुभयो– संघीयताका आधारमा नयां संरचनाहरु बनेका छन । त्यस अनुरुप पार्टीका संरचना तयार गर्नु पर्ने छ । पार्टीको बिधानमा अन्य समसामयीक परिवर्तन गर्न आावश्यक छ । पार्टी विधान संशोधनको विषयपनि यस भेलाको एजेण्डको रुपमा रहेको छ ।’ यसकालागि चाडै विधान संशोधन समिति गठन गरि विधान संशोधन गरिने उहाँले बताउनुभयो । पार्टीको विभागहरु गठन गर्ने, महा समितिको बैठकवाट विधान संशोधन गर्ने काम चाडै गरिने उहाँको भनाई छ । पार्टी भित्रको पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौति थपिएको बताउनुभयो । तर आफु विचलित नभएको उहाँको भनाई छ । आफुले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको सभापति देउवाको भनाई छ ।

नेपाली काग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले पार्टी बाहिरी आबरणमा मात्र होईनकी भित्री रुपमा एक हुन जरुरी रहकेो बताउनुभएको छ । नेपाली काग्रेशका सभापतिहरुको राष्ट्रिय भेलालायृ आज हेटौंडामा संबोधन गर्दै उहाँले पार्टी भित्र नेताहरुले हात उठाए गरिने एकता नभर्यकन मनबाट हुने एकता अहिलेको खाँचो रहेको बताउनुभयो । अहिले भईरहेको काग्रेश भित्र खेल्ने भन्दा पनि अब नयाँ ब्यक्तिलाई काग्रेश बनाउन जरुरी रहेको बताउँदे उहाँले भन्नुभयो–खाली आफ्नै पार्टी भित्र खेल्ने काम बन्द गरेर अब नयाँ मानिशलाई काग्रेश बनाउनुपर्छ र पार्टीका भातृ संगठनहरु टोलटोलमा कृयासिल गराउन जरुरी छ ।’ कम्युनिष्टहरु असफल होलान र आफुहरु सफल हुन्छौ भन्ने मानसिकता त्याग्नका लागि नेतृत्वलाई आग्ह गर्दै उहाँले भन्नुभयो–अरुले कता नरामे काम गर्छन अनी कार्यकर्ताहरु रुष्ट बन्दै जान्छन् र आफु सफल हुईन्छ भन्ने मानसिकता भनेको आत्मघाती गोल गर्नु हो । त्यसैले आफैले मेहनत गरेर पार्टी एक हुनुपर्छ ।’ अहिलेको सरकारले दुईतिहाईको दम्ब देखाएर तर्साउन खोजीएको बताउँदे उहाँले संबैधानिक निकाय अदालत, अख्तियार, प्रशाशनलाई अहिलेको सरकारले तर्साउन खोजेको बताउनुभयो  । कम्युनिष्टहरुले सत्ता लोभको अबसरबादी तरिकाले मात्र दुर्यपार्टी एक भएको बताउनुभयो । अहिलेको संबिधानलाई असफल बनाउनका लागि कम्युनिष्टहरु लागिपरेको बताउँदे उहाँले भन्नुभयो– अहिलेको संबिधान निर्माण भएर बल्ल कार्यनयनको चरणमा जाँदे छ तर प्रचण्डले पोखरामा बोल्दा अब राष्ट्रपतिय प्रणालीमा जानुपर्छ भन्नुभयो यो कुन तरिका हो ?’ सत्ताको चरम महात्वाकाक्षाले गर्दा कम्युनिष्टहरु कता जाँदैछन् भन्नेमा संका रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते