१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता: मुख्यमन्त्री राई

६ असार २०७५, बुधबार ०७:४६

असार ६, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । 

निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य छ भन्नुभयो । 

उहाँले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने संघीय प्रणालीमा जनताको शान्ति सुरक्षा र समृद्धिप्रति आशा जागेको भन्दै संघीयता कार्यान्वयनमा आ–आफ्नो तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नुभयो । 

मुख्यमन्त्री राईले विगतको निर्वाचनबाट पाठ सिकेर आउने निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र पारदर्शी बनाउन कार्यक्रममा सहभागीको अमूल्य सुझाव आउने आशा राख्नुभयो । 

प्रदेश नं १ का मुख्यसचिव सुरेश प्रधानले लोकतन्त्र बलियो बनाउन निर्वाचन प्रणालीलाई अझ सरल, सहज एवं व्यवस्थित र विश्वासिलो बनाउन सहभागीको सुझाव अमूल्य रहने विश्वास व्यक्त गर्नुभयो । 

निर्वाचन आयुक्त नरेन्द्र दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल र निर्वाचन आयोगका उपसचिव महेन्द्र भट्टराईले पनि बोल्नुभएको थियो । 

निर्वाचनलाई उत्कृष्ट बनाउन, नीतिगत र व्यवस्थागत बनाउन सुझाव लिने उद्देश्यले आयोजित सो दुईदिने कार्यक्रममा प्रदेश नं १ का सबै जिल्लाका प्रमुख निर्वाचत अधिकृत एवं न्यायाधीशहरु, जिल्ला निर्वाचन अधिकारी, सुरक्षाकर्मी, प्रदेशसभाका सदस्य एवं सञ्चारकर्मी गरी करिब ७० जनाको सहभागिता छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित