१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सञ्चार क्षेत्रको विश्वसनीयता गुमे लोकतन्त्र कमजोर हुन्छ: मुख्यमन्त्री राउत

८ असार २०७५, शुक्रबार ०७:४१

असार ८, पर्सा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको रुपान्तरण र परिवर्तन गर्ने काममा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

उहाँले प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ र सवच्छता अभियानजस्ता कार्यक्रमले समाजमा आमूल परिवर्तन ल्याउने भएकाले यस्ता कार्यक्रमलाई सघाउन सञ्चार क्षेत्रले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । 

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजनको आज वीरगञ्जस्थित प्रदेश कार्यालय भवन उद्घाटनका क्रममा मुख्यमन्त्री गद्दीले सरकारको कमीकमजोरीलाई रचनात्मक ढङ्गले उजागर गर्दै जनताको सुसूचित हुने अधिकारलाई निष्पक्ष रुपमा प्रस्तुत गर्न सञ्चारमाध्यमसंग आग्रह गर्नुभयो । 

आग्रह पूर्वाग्रह र संकुचित सोचले तयार पारिएको समाचारले सञ्चार क्षेत्रको विश्वसनीयतालाई समाप्त पार्नुका साथै लोकतन्त्रलाई समेत कमजोर पर्ने चर्चा गर्दै उहाँले विदेशमा गई आफ्नो राम्रो कामले ख्याति आर्जन गर्ने नेपाली स्वदेशमा सोही काम गर्दा आलोचना खेप्नुपर्ने परिपाटी अन्त्य हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । 

प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेश नं २ का विद्यायक ओमप्रकाश शर्मा, करिमा बेगम, उक्त टेलिभिजन सञ्चालक समितिका अध्यक्ष विजयकुमार पौडेललगायतले २१औँ शताब्दी सञ्चारकै शताब्दी भएकाले यो अबसर सदुपयोग समाजको उन्नति प्रगति र साझा हितमा हुनुपर्ने सुझाव दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन