२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सञ्चार क्षेत्रको विश्वसनीयता गुमे लोकतन्त्र कमजोर हुन्छ: मुख्यमन्त्री राउत

२०७५, ८ असार शुक्रबार ०७:४१

असार ८, पर्सा | प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको रुपान्तरण र परिवर्तन गर्ने काममा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

उहाँले प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ र सवच्छता अभियानजस्ता कार्यक्रमले समाजमा आमूल परिवर्तन ल्याउने भएकाले यस्ता कार्यक्रमलाई सघाउन सञ्चार क्षेत्रले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । 

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजनको आज वीरगञ्जस्थित प्रदेश कार्यालय भवन उद्घाटनका क्रममा मुख्यमन्त्री गद्दीले सरकारको कमीकमजोरीलाई रचनात्मक ढङ्गले उजागर गर्दै जनताको सुसूचित हुने अधिकारलाई निष्पक्ष रुपमा प्रस्तुत गर्न सञ्चारमाध्यमसंग आग्रह गर्नुभयो । 

आग्रह पूर्वाग्रह र संकुचित सोचले तयार पारिएको समाचारले सञ्चार क्षेत्रको विश्वसनीयतालाई समाप्त पार्नुका साथै लोकतन्त्रलाई समेत कमजोर पर्ने चर्चा गर्दै उहाँले विदेशमा गई आफ्नो राम्रो कामले ख्याति आर्जन गर्ने नेपाली स्वदेशमा सोही काम गर्दा आलोचना खेप्नुपर्ने परिपाटी अन्त्य हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । 

प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेश नं २ का विद्यायक ओमप्रकाश शर्मा, करिमा बेगम, उक्त टेलिभिजन सञ्चालक समितिका अध्यक्ष विजयकुमार पौडेललगायतले २१औँ शताब्दी सञ्चारकै शताब्दी भएकाले यो अबसर सदुपयोग समाजको उन्नति प्रगति र साझा हितमा हुनुपर्ने सुझाव दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने