२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ५ मा शीर्षकगत छलफल शुरु

२०७५, ११ असार सोमबार १४:३०

असार ११, बुटवल | प्रदेश नं ५ मा प्रदेश विनियोजन विधेयक, २०७५ माथि प्रदेशसभा सदस्यले आजदेखि शीर्षकगत छलफल शुरु गरेका छन् । 

आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यका लागि प्रदेश नं ५ प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक, २०७५) को छलफलमा सहभागी हुँदै उनीहरुले विनियोजन विधेयक पूर्वाग्रही ढंगबाट आएको आरोप लगाएका छन् । 

प्रदेशसभा सदस्य इन्द्रजीत थारुले मदिरा खाने स्थललाई जबर्जस्ती पर्यटन क्षेत्र बनाउन खोजेको जिकिर गर्दै बजेटले सिद्धान्तलाई आत्मसात गर्न खोजे पनि व्यावहारिकरुपमा कठिनाइ देखिएको छ भन्नुभयो । 

प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले उत्पादन, उपभोग, विनिमय र वितरणका हिसाबले बजेट प्रशंसनीय भए पनि आवधिक योजनाका हिसाबले त्रुटिपूर्ण भएको धारणा व्यक्त गर्नुभयो । 

प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले समानुपातिक, समावेशी र न्यायोचित ढंगले बजेट वितरण भएको उल्लेख गर्दै प्रदेशसभा सदस्यलाई जति स्थापित गर्न सकिन्छ त्यति नै सरकार स्थापित हुन्छ भन्नुभयो । 

प्रदेशसभा सदस्य दीपेश थारुले बजेट मन्त्री केन्द्रित भएको आरोप लगाउँदै बजेटको दृष्टिकोणले बर्दिया पछिपरेको बताउनुभयो । 

प्रदेशसभा सदस्य विष्णु पन्थीले पर्यटन क्षेत्रको विकासका लागि बजेट पर्यटन बोर्डको गठनमा जोड दिँदै परम्परागत बजेट प्रणाली परिवर्तन गर्नुपर्छ भन्नुभयो । प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बजेटले भौतिक पूर्वाधार र जनशक्तिको विकासलाई समेत आधार मानेको भए पनि ठोस कार्यक्रम नआएको धारणा व्यक्त गर्नुभयो । 

विधेयकमा प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, दामा शर्मा, तीलकराम शर्मा, तारा जिसी, दीपेन्द्र पुनमगर, तुलाराम घर्तीमगर, कृष्ण न्यौपानेलगायतले विनियोजन विधेयकका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन