१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी साधनको हर्न बजाएर ने बि संघले गर्यो मूल्यवृद्धिको बिरोध

१२ असार २०७५, मंगलवार ०९:२४

राजेन्द्र फुयाल/असार १२, काठमाडौ | सरकारले निरन्तर गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरुद्ध यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको भात्रृ संगठन ने बि संघ सडकमा उत्रिरहेको छ। 


निरन्तरको आन्दोलनबाट सरकारले जनताको आँखामा छारो हाल्न अघिल्लो साता केहि मूल्य घटाएजस्तो नाटक गरेपनी ने बि संघको आन्दोलन भने दिन प्रतिदिन चर्कदो छ। 

विभिन्न एकपछि अर्को फरक शैलिको कार्यक्रम अन्तरगत आज देश भर आज १२ गते १२ बजेर १२ मिनेट जादा आफ्नो सवारीको हर्र्न बजार बिरोध गरेको छ।

केन्द्रिय कार्यासमितिको सर्कुलेसन अनुसार आज ने बि संघ ग्रामीण, एन आर क्याम्पसले संयुक्त रुपमा सवारी साधनको हर्र्न बजाएर आन्दोलन स्वरुप सरकारको बिरोध गरेको छ। विद्यार्थी नेता परोपकार अधिकारीले नेतृत्व गरेका उक्त कार्यक्रममा धेरै संख्यामा मोटरसाइकल सहित विद्यार्थी नेता तथा कार्याकर्ताको उपस्थिति थियो।

१२ मिनेटसम्म हर्र्न बजाएपछी उक्त कार्यक्रम कोणसभामा परिणत भएको थियो | उक्त सभामा ने बि संघ नेता परोपरार अधिकारी तथा महामन्त्री आनन्दराज त्रिपाठीले सम्बोधन गर्नु भएको थियो। 

सभालाई सम्बोधन गर्दै त्रिपाठीले 'कुम्भकर्ण झै सुतेको सरकारको कान खुलाउन यो कार्यक्रम गरेको बताए | चरमगत रुपमा मूल्य बढाएर आकाश पुर्याउने अनि केही घटाएजस्तो बहाना गर्ने सरकारको लाचारीपन र आँखामा छारो हाल्ने काम जनतालाई मान्य नहुने पनि जिकिर गरे। अझ सरकार कानमा तेल हालेर बस्ने हो भने आन्दोलन झनै चर्काउनुको बिकल्प नहुने उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन