२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ: मुख्यमन्त्री पोखरेल

२०७५, १२ असार मंगलवार १०:४७

असार १२, बुटवल | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताउनुभएको छ । 

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको विपत् सुरक्षा गोष्ठीको आज मणिग्राममा उद्घाटन गर्दै विपद् व्यवस्थापनको कामको नेतृत्व एउटै निकायबाट हुन सकेमात्र प्रभावकारी हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “विपद्मा उद्धार, राहत र पुनःस्थापनाको काम देखाउनका लागिभन्दा पनि मानवीय कर्तव्य ठानेर काम गर्नुपर्छ ।” 

मुख्यमन्त्री पोखरेलले विपद् व्यवस्थापनका लागि सरकारका सबै निकाय र सरोकारवाला संघसंस्थाले उद्धारका साथमा राहतको काम पनि सँगै अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

। 

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले साउन महिना विपत्तिका लागि बढी जोखिमपूर्ण हुने भएकाले अहिलेदेखि नै पूर्व सतर्कता अपनाउन निर्देशन दिनुभयो । उहाँले राहतका लागि सम्भावित क्षेत्रमा पूर्व तयारी गर्न रणनीति बनाउनसमेत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभयो । उहाँले विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले रु छ करोडको कोषको व्यवस्था गरेको जानकारी गराउनुभयो । 

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव शंकर पाठकले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि आयोजित गोष्ठीले प्रभावकारी निष्कर्ष निकाल्ने अपेक्षा गर्नुभयो । 

एक दिवशीय गोष्ठीमा जिल्लास्तरमा विपद् पूर्वको व्यवस्थापकीय अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन