१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश: प्रम ओली

१३ असार २०७५, बुधबार ०८:५९

असार १३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । 

हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाेद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटनका क्रममा आज उहाँले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले विश्वसम्पदा सूचीको सो भवनको जीर्णोद्वारका लागि सहयोग गरेकामा यहाँस्थित सुंयुक्त राज्य अमेरिकाको राजदूतावासमार्फत अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभयो । 

विसं २०७२ को गोरखा भूकम्पले लाखौँ मानिस घरबारविहीन भएको र सयौँ सांस्कृतिक धरोहर सम्पदा क्षतविक्षत भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “भूकम्पले मानवीय र भौतिक क्षति पुर्याएको अवस्थामा अमेरिकालगायत मित्र राष्ट्रहरुले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौँ ।” 

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “राजनीतिक संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ ।” भूकम्प फेरि पनि आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने उहाँको भनाइ थियो । 

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो । 

कार्यक्रममा अमेरिकी दूतावासका कार्यवाहक राजदूत पिटर मालनाकले नेपाली तथा अमेरिकी सांस्कृतिक सम्पदाविद्हरूबीचको सहकार्यमार्फत गद्दी बैठकको जीर्णोद्धार तथा भूकम्पीय प्रवलीकरण गर्ने मौका जुरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गद्दी बैठक नेपाली सांस्कृतिक सम्पदा तथा इतिहासको अति महत्वपूर्ण संरचनामध्ये एक हो, हाम्रा सरकार र समुदायबीचको सहकार्यका कारण यो परिणाम सम्भव भएको हो ।” 

यस सम्पदास्थलको जीर्णोद्धारमा भूकम्प प्रतिरोधी विधिमा दक्षता भएका इञ्जिनियरले सांस्कृतिक सम्पदा संरक्षण तथा जीर्णोद्धारसम्बन्धी अनुभवप्राप्त आर्किटेक्टसँग सहकार्य गरेका थिए । गद्दी बैठकलाई अझै भूकम्प प्रतिरोधी बनाउन र भावी पुस्ताका लागि संरक्षण गर्न जीर्णोद्धारका क्रममा स्थानीय शिल्पकार तथा परम्परागत निर्माण सामग्री र विधि प्रयोग गरिएको थियो । 

प्रधानमन्त्री ओली र कार्यवाहक राजदूत मालनाकले हनुमानढोका दरबार क्षेत्रमै अवस्थित १७औँ र १८औँ शताब्दीमा निर्माण भई हालै जीर्णोद्धार तथा पुनःनिर्माण गरिएका महादेव, कागेश्वर, लक्ष्मीनारायण र सरस्वती मन्दिरको समेत समुद्घाटन गर्नुभएको थियो । 

एएफसिपीको दुई लाख अमेरिकी डलर सहयोगमा भूकम्पपछिको आकस्मिक अनुदानमार्फत काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपिटी)ले नेवारी शैलीका यी स्मारकको जीर्णोद्धार र प्रवलीकरण सम्पन्न गरेको हो । 

एएफसिपी कार्यक्रमले विश्वका विभिन्न देशमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । एएफसिपी अमेरिकी सरकारको विदेशमा सञ्चालित सबैभन्दा महत्वपूर्ण सांस्कृतिक संरक्षण कार्यक्रम हो । 

सन् २००१ देखि एएफसिपीले १२५ भन्दा धेरै मुलुकमा ८५० भन्दाबढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनालाई सहयोग गरिसकेको अमेरिकी दूतावासले जनाएको छ । विगत दुई दशकमा एएफसिपीअन्तर्गत नेपालमा ३४ लाख अमेरिकी डलरभन्दा बढी लागतका २२ परियोजना सम्पन्न भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन